धवल बिरुद्ध राईले ‘तितो’ पोख्दा, सपथग्रहणमा जसपा हावी हुँदा काँग्रेसमा असन्तुष्टि


नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेस र जसपाले मुख्यरुपमा गठबन्धन गरे । केन्द्रिय सत्ता सहयोगी अन्य दलहरुको साथ भने छदै थियो । परिणाम–काँग्रेसले मेयर जित्यो र जसपाले उपमेयर ।

कुनै पनि दलको एकल बहुमत नभएको नगर कार्यपालिकामा सबैलाई मिलाएर लैजानुपर्ने चुनौती यसअघिका मेयर धवल शम्सेर राणाले पार गरे । त्यस्तै चुनौती अब मेयर प्रशान्त बिष्ट सामु समेत देखा परेको छ । त्यसको स्पष्ट संकेत बिजयत्सव र सपथग्रहण समारोहमा देखा पर्यो ।

बिजयत्सव र सपथग्रहण दुबै कार्यक्रममा जसपा हावी भएको भन्दै काँग्रेसभित्र असन्तुष्टिको स्वर सार्वजकिनरुपमा प्रकट भएका छन् । दुबै कार्यक्रममा काँग्रेसलाई अनदेखा गरिएको आरोप लगाउँदै फेसबुकमा आफ्ना बिचार प्रकट गरिहेका छन् काँग्रेसका नेताहरुले ।

उनीहरुको आक्रोस यत्तिमा मात्र सीमित छैन, बिजयत्सवको अवसरमा नेपालगन्जका प्रतिनिधिसभा सांसद एवं जसपाका नेता मोहमद ईस्तियाक राईले धवल शम्सेर राणा बिरुद्ध बोलेको बिषयलाई समेत रुचाएका छैनन् । अरु बेला राजनीतिक आरोपप्रत्यारोप  गरेपनि बिजयत्सवमा भने सबैलाई मिलाएर लैजाने सन्देश दिनुपर्नेमा तितो पोखेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

सपथग्रहण समारोहमा वडा अध्यक्षहरुलाई अपमानित गरेको भन्दै केही वडा अध्यक्षहरुले बिरोध समेत जनाएका छन् ।

नेपाली कांग्रेसका नेता तथा प्रदेश अधिवेशन ख का प्रवक्ता ललित कुमार रौनियार नेपालगन्ज उपमहानगरपालिका स्तरीय सचिवालय समितिको संयोजकको भूमिकामा थिए । सपथग्रहणमा उनैलाई बोलाएको पाइएन । त्यो उनले फेसबुकमै बताएका छन् ।


उनले सपथग्रहण समारोहमा छाता अर्थात जसपाको छायामा परेर बिबादित बनेको बिजय बिषय उठाएका छन् । जुलुसको बिषय सेलाउन नपाउँदै सपथ ग्रहण कार्यक्रममा पनि छाताकै क्षत्रछाया देखिएको उनले लेखेका छन् । रौनियारले कार्यक्रममा काँग्रेसी नेताहरूको उपस्थिति खासै नदेखिएको पनि बताए ।

 

साथै उनले बिजयत्सवमा सांसद राईले राणा बिरुद्ध बोलेको बिषयमा पनि असन्तुष्टि जनाए ।

प्रकाशित मितिः     ८ जेष्ठ २०७९, आईतवार १४:४८  |
error: Content is protected !!