अटोमोवाइलक्षेत्रको समस्याका बारेमा नेपालगन्जमा अन्तरक्रिया, रारामा बैठक


नेपालगन्ज । अटोमोवाइल व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले समुन्द्र सतहबाट ३ हजार मिटरको उचाईमा रहेको रारामा गएर कार्यसमिति बैठक सम्पन्न गरेको छ ।

देशको आन्तरिक पर्यटन विस्तार र कर्णालीको पर्यटन प्रवद्र्धन गर्न रारामा कार्यसमिति बैठक गरेको नाडाले जनाएको छ । कर्णाली प्रदेशमा रहेको समस्या र त्यहाँका व्यवसायीले भोग्नु परेको समस्याको विषयमा छलफल गर्दै नाडाले बैठक सम्पन्न गरेको हो ।

कर्णाली अटोमोवाइल्स एशोसिएशनसँग अन्तर्क्रिरया
कर्णालीको बिकट जिल्ला मुगुमा रहेको मनोरम ताल रारामा कार्यसमिति बैठकलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले भने, ‘प्रकृतिले भरीपूर्ण रारामा आएर यहाँको यातायात क्षेत्र विकास र विस्तारको विषयमा छलफल गर्न पाउनु नाडा र यहाँको पर्यटन प्रवद्र्धन दुबैको लागि राम्रो हो ।’

आवश्यक पूर्वाधार विकास हुन नसक्दा यस्तो प्रकृतिको अनुपम उपहार अवलोकन गर्न मानिसले पाएका छैनन् भन्दै अध्यक्ष थापाले भने, ‘देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात संजालबाट रारालाई जोडेको तर, सुरक्षीत सडक निर्माण गर्न छिट्टै काम गर्नु पर्ने देखियो ।’

बैठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोवाइल्स एशोसिएशनसँग पनि रारा तालको परिसरमा अन्तक्र्रिया कार्यक्रम आयोजना भएको थियो ।

नेपालगञ्जमा अन्तर्क्रिरया कार्यक्रम
अन्तक्र्रिया कार्यक्रममा कर्णाली अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण, प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, ब्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम संचालन, अन्तरप्रदेश सम्बन्ध लगायतका विषयमा नाडाको केन्द्रीय कार्यालयले सहयोग गर्नु पर्ने माग राखेका थिए ।

नाडाको विस्तारको विषयमा निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले धारणा राख्दै उनले भने, ‘नाडा बलियो बनाउन स्थानीय स्तरबाटै आउने समस्या समाधान गर्दै जानु पर्छ । त्यसको लागि प्रदेश स्तरमा खुलेका एशोसिएशन र नाडा बीच बलियो सहकार्य हुनु पर्छ ।’

नाडा महासचिव सुरेन्द्र कुमार उप्रेतीले कार्यक्रम संचालन गरेका थिए । अन्तर्क्रिरया कार्यक्रममा जानकी अटोमोवाइल्सका अध्यक्ष सन्तोष साह, नाडाका पदाधिकारीहरु उपाध्यक्ष सुनिल रिजाल, कोषध्यक्ष मिलनबाबु मल्ल, सह कोषध्यक्ष पंकज अग्रवाल, सदस्यहरु अनुप बराल, निलमणी पाठक, गोपाल भट्टराई, कर्णाली अटोमोबाइल्सका सदस्यहरु, लुम्बिनी अटोमोबाइल्सका सचिब राम बेलबासे लगायतको उपस्थिति रहेको थियो ।

नेपालगंज आसपासमा रहेका अटोमोवाइल क्षेत्रका समस्याको विषयमा शनिबार नेपालगंजको सिद्धार्थ होटलमा अन्तक्र्रिया कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा लुम्बीनी अटोमोबाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराईको समेत उपस्थिति रहेको थियो ।

सामाजिक उत्तरदायित्व

नाडाले सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णालीमा रहेर पर्यटकको ओसार पसारमा काम गर्ने पदमबहादुर रावललाई आर्थिक सहयोग गरेको थियो । रावलका दुई बच्चाको पढाई लेखाईमा सहयोग पुगोस् भनेर नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रकाशित मितिः     ९ जेष्ठ २०७९, सोमबार ११:०७  |