१) नेपालगन्जको सतही पानी धेरै तल झरिसकेको छ । अब नेपालगन्ज बन्जरभूमि बन्दैछ यस्लाइ बचाउन निन्न कार्यहरु गर्ने :
क) तत्कालै सम्पुर्ण समर्सेबलहरु बन्द गर्ने ।
ख) खानेपानीको पाइप लाइन सप्लाइ खासै प्रभावकारी प्रयोग भएको छैन यसलाइ प्रभबकारी बनाउने ।
ग) सिचाइको लागी राप्तिको पानी सिक्टाले ल्याएको छ यस्लाइ ब्यबस्थित प्रयोग गर्ने र खाली जमिनमा अनिवार्य खेती नभए जरिवाना गर्ने ।
घ) नेपालगन्ज भित्र रहेका सम्पुर्ण तालहरुमा बर्षाको पानी तथा १२ महिना भरी भराउ सिक्टाकै पानीले भएनी भरी बनाइ राख्ने ।
ङ) माछा तथा जल उत्पादनहरुको उत्पादन प्याकेज ल्याएर ठुला तथा साना ताल पोखरीहरु कम्तिमा ५०० वटा निर्माण निजि क्षेत्रसँग तलमेल गरी ब्यापक बिस्तार गर्ने ।
२) अत्यधिक गर्मी तथा स्वस्थ हावा ब्यबस्थापन गर्नका लागी निम्म बमेजिम कार्यहरु गर्ने ।
१)रोपेको बिरुवा बचाउने योजना सहित बार्षिक ५००० निम, विभिन्न फुलहरु, असोक जस्ता बिरुवा लगाउने र निजि क्षेत्र संग तालमेल गरी ५००० फलफुलको बिरुवा बृक्क्षारोपन गर्ने र यो हरेक बर्ष निरन्तर गर्ने ।
ख) सडकमा अत्यधिक धुलो तथा फोहोर थुप्रीने हुनाले दैनिक ब्रुमरको प्रयोगगरी धुलो सफा गर्ने र फोहोर फाल्ने र उठाउने कार्यहरु ब्यबस्थित गरि समय निर्घारण गरि घर घर बाटनै संकलन गर्ने ।
ग) विभिन्न ठाउमा सरकारी जग्गाहरुमा निजी क्षेत्र सङ तालमेल गरि फलफुल पार्कहरु तथा नर्शरी र ल्याबहरु निर्माण गर्ने जस्ले स्वस्थ फलफुल खानपाउने देखी आयात प्रतिस्थापनमा समेत राम्रो सहयोग मिल्नेछ ।
घ) सहर भित्र रहेका धुवाँ फाल्ने उद्योगहरु तत्कालका लागी आधुनिक प्रणालीमा आधारित फिल्टरहरु अनिवार्य गर्ने र दीर्घकालीन रुपमा उद्योग स्थानान्तरण सहजीकरण गर्ने ।
३) बढ्दो सहरिकरण मा दुर्धटना र सुरक्षा चुनौती धेरैनै पेचिलो बन्दै छ यस्लाइ कम गर्न पहिलेत नगरभित्र स्थाइ र अस्थाइ बसोवासको डेटा सम्पर्क नम्वर सहित राख्ने र निम्न बमोजिम कार्यहरु गर्ने :
क) सुर्खेत रोडमा रहेका डिभाइडर बिचमा रहेका सवारी एवम मानिसहरु आवत जावत गर्ने पास हरु बन्द गरि निश्चित चौक तथा अनिवार्य ठाउँमा मात्र खोली बाकी सबै बन्द गर्ने ।
ख) फुटपाथलाई ब्यबस्थित गर्ने बन्दगर्न बाकी रहेका नालाहरु बन्द गर्ने र पैदलमार्गमा मात्र हिडडुल गर्न दिने ।
ग) जेब्रा क्रसिङमा मात्र बाटो काट्ने ब्यबस्था मिलाउने तथा नमान्नेलाई डण्ड पहिले सहिलो र दोहोर्याए बढ्दै जाने खालको डण्डको ब्यबस्था गर्ने साथै यसवारे व्यापक जनचेतना अभियान सन्चालन गर्ने ।
घ) सम्पुर्ण चोकमा रहेका सिसि टिभीहरु मर्मत गर्ने र २४ सै घण्टा निगरानी गर्ने र यस्कालागी छुट्टै डिपार्ट बनाउने ।
ङ) सम्पुर्ण चौकहरुमा प्रयाप्त प्रहरी सिभिल तथा बर्दिमा खटाउने ।
च) सहरभित्र ५० किमि प्रती घण्टा भन्दा बढिमा सवारी चलाउन नदिने यसकालागी स्पिड चेकर क्यामेरा प्रयोग गर्ने र क्रमस बढ्दो दरको जरिवाना गर्ने ।
छ) बस बिशौनीहरु भन्दा फरक ठाउमा यात्रीहरु वसाल्ने र ओराल्न पुर्णतः रोक्ने ।
ज) रिक्साहरु थप नयाँ भित्रिन रोक्ने र रिक्साका लागि छुट्टै लेन तथा स्पिडको ब्यबस्थापन गर्ने ।
झ) तत्कालै विभिन्न ठाउहरुमा पार्किङको स्थानहरुको निर्माण गर्ने ।
यी र यस्ता कामहरु शुरुआत गर्नै पर्नेछ मैले देखेको बुझेको केही कुराहरु लेखे हजुरहरुको थप सुझावलाई संकलन गरि नगर प्रमुखलाइ केहिदिनमा बुझाउने छु।