गुर्भाकाेटमा असहाय बालबालिकालाई निशुल्क शिक्षा,बिपन्नलाई स्वास्थ्य विमा


नेपालगन्ज – सुर्खेतको गुर्भाकोट नगगरपालिकाका नवनिर्वाचित नगर प्रमुख हस्त पुन र उपप्रमुख मैना बिकले बिहिवार पदभार ग्रहण गरेका छन् ।

पदभार गर्दै पहिलाे बैठकले गुर्भाकोट नगरपालिका भित्ररहेका असहाय तथा अनाथ बालबालिकालाई माध्यमिक तहसम्म आवासीय सुविधा सहित निशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेका छन् ।

त्यस्तै गुर्भाकोट नगरपालिकाका बिपिन्न घर परिवारका लागी निशुल्क स्वास्थ्य बीमा लागु गर्ने निर्णय गरिएको छ ।
आर्थिक अभावका कारण काेहि पनि शिक्षा र स्वास्थबाट बन्चित नहाेस् भन्ने उदेश्य राखेर यी दुईवटा निर्णय भएको हुन ।

दोस्रो कार्यकालका लागि दाेहाेरिएका नगरप्रमुख पुनले पहिलाे कार्यकालमा बसाएको बिकासकाे जग र अधुरा कामहरु पूरा गर्ने बताए ।

प्रकाशित मितिः     १२ जेष्ठ २०७९, बिहीबार १९:२१  |