एभरेष्ट बैंकका ग्राहकहरुले अब भारतीय पेटीएम, गुगल पे र फोन पेमा भुक्तानी गर्न सक्ने


काठमाडौं। डिजिटल पेमेन्ट इकोसिस्टमलाई सबल बनाउने गरी एभरेष्ट बैंकले गेटवे पेमेन्ट नेपाल प्रालिसँग सम्झौता गरेको छ। सम्झौता पछि बैंकका ग्राहकहरुले भारतमा पेटीएम, गुगल पे, फोन पेआदिमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

भारतमा रहेका आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी अब बैंकका ग्राहकहरुले क्यूआरबाट गर्न सक्ने बताइएको छ।

भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं बैंकको खातामा पैसा पठाउन पनि सक्ने बताइएको छ। योसँगै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूले नेपालमा पनि भुक्तानी  गर्न पनि सहज हुने बताइएको छ।

बैंकले आफ्नो ११६ शाखा, ३१ राजस्व संकलन काउन्टर, १५० एटीएमहरु तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रियस्तरको व्यवसायिक र प्रभावकारी बैंकिङ सेवाहरू दिँदै आएको छ।

प्रकाशित मितिः     १७ जेष्ठ २०७९, मंगलवार ११:४८  |