जनप्रतिनिधिलाई नेपाल बैंकको बधाई,बित्तीय पहुँच बढाउन सहकार्यमा जाेड


नेपालगन्ज- नेपाल बैंक लिमिटेडकाे काेहलपुर शाखाले मंगलबार बैजनाथ गाउँपालिकाका नवनिर्वाचित

जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेकाे छ । शाखाका प्रवन्धक दिपकराज ओलीले वडा न• ४ का अध्यक्ष प्रेम शाही र वडा न• ३ का अध्यक्ष निखल बैगारलाई खादा तथा अविर लगाएर बधाई दिदै कार्यकाल सफलताकाे शुभकामना दिए ।

 

उक्त अबसरमा बोल्दै प्रबन्धक ओलीले बैजनाथ जस्ता बजारन्मुख पालिकामा बित्तीय गतिविधिलाई प्रोत्साहन गर्न जनप्रतिनिधिको भुमिका महत्वपूर्ण हुने बताए । नियम अनुसार हुने कामलाई सहज र सरल बनाएर सेवाग्राहीलाई सन्तुष्टि गरिरहेकाे ओलीको भनाई छ ।

वडा अध्यक्षहरुले स्वराेजगार तथा उद्यम जस्ता गतिविधि बढाउने कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए । त्यसले बित्तीय गतिविधिलाई समेत चलायमान बनाउने उनिहरुको भनाई छ ।

अहिले नेपाल बैंक निक्षेप सकलन तथा कर्जा प्रवाहमा उत्कृष्ट रहेकाे छ । बैजनाथ जस्ता ठाउँ बित्तीय गतिविधि बढाउन जनप्रतिनिधिसङ सहकार्य गर्ने नीति लिएकाले जनप्रतिनिधिलाई सम्मान गरिएको हाे । उक्त कार्यक्रममा काेहलपुर शाखाका सहायक प्रबन्धक लाेकराज नेउपाने समेतकाे सहभागिता थियाे ।

प्रकाशित मितिः     १७ जेष्ठ २०७९, मंगलवार १४:३१  |