नेपालगन्जको आर्थिक विकासका लागि २४ सुझाव


नेपालगन्जको आर्थिक विकासका सम्बन्धमा सर्बपक्षिय सुझाव माग्ने भइरहेको छ । यो शहरलाई आर्थिकरुपमाले स्थापित गर्न निम्न उल्लेखित सुझाव दिन चाहान्छु ।

१. ने.ग.उ.न.पा. मा बेरोजगार समस्या समाधानको लागि भेरी प्राविधिकलाई गुणस्तरयुक्त सरकारी प्राविधिक विश्वविद्यालयको रुपमा नमुना विश्वविद्यालय बनाउन पहल गर्ने ।
२. नगरका २३ वटै वडामा आम युवा र महिलाहरुलाई मसला उद्योग, पापड उद्योग, पेन उद्योग, काठको चमच उद्योग सन्चालन सम्बधि तालिम तथा उद्योग बाणिज्य संघको सहयोगमा प्रशिक्षण , लगानि जोखिमबाट बच्ने जस्ता चेतनामुलक प्रशिक्षण कार्यक्रम संचालन गर्ने ।
३. नगरका २३ वटै वडालाई उत्पादनको हिसाबले वर्गिकरण गरि जुन क्षेत्रमा जुन बस्तु उत्पादन हुन्छ त्यसको लागि उपमहानगरपालिकाले सम्पूर्ण वडावासीको कृषि उत्पादन बाली नाली, कुखरा फर्म, बंगुर फर्म जस्ता उत्पादनको निःशुल्क विमाको व्यवस्था गर्ने र आम युवालाई कृषि उत्पादनमा प्रोत्साहित गर्नुपर्ने ।
४. नेपालगन्जको वि.पि. चौैक तथा अन्य चोक चोकमा साइकल तथा ठेलामा यहीं उत्पादित बस्तुको विक्रि वितरण भएको देख्दा उपमहानगरपालिकाले उचित बजार व्यवस्थापन गर्न सक्ने हो भने तरकारीमा आत्मनिर्भर बन्न सक्ने अवस्था देखिएकोले हिरमिनिया र करमोनामा उत्पादन हुने तरकारीलाई सहज रुपमा बजारिकरण गर्ने र ठेला तथा साइकलमा तरकारी बेच्ने नागरिकलार्ई अझ प्रोत्साहनमुलक कार्यक्रम लिएर आउने ।
५. किसानलाई समयमा मल तथा विउ विजन उपलब्ध गराउने सम्पूर्ण जिम्मा केन्द्र सरकारको समन्वयमा स्थानिय सरकारले लिने ।
६. बर्षेनी कम्तीमा २०० जना युवालाई सिपमुलक तालिम प्रदान गरि ५०५ लाई स्वरोजगार उत्पादन कार्य गर्न प्रेरित तथा सहयोग गर्ने ।
७. भ्रष्टाचारलाई शून्यमा झार्नको निम्ति एउटा टोल फ्रि नम्बर उपलब्ध गराएर जसले घुस माग्दछ तुरुन्तै फोन गर्न जनतालाई स्थानीय पत्रपत्रिका रेडियो फेसबुक मार्फत सुचना दिंदै त्यस्ता कर्मचारीलाई तुरुन्तै बरखास्त गर्ने ।
८. विकासको पुर्वाधार पक्की सडक, श्वाथ्य खानेपानी नै भएकोले विकास वजेटको मुख्य हिस्सा गुणस्तिरिय सडक निर्माण र श्वास्थ्यमा खर्च गर्ने ।
९. उपमहानगरपालिकामा हुने सम्पूर्ण खर्चलाई मितव्ययी र पारदर्शी बनाउन प्रत्येक महिना ती खर्च विवरणलाई वडाको आफ्नै Web Site या फेसबुक पेजमा सार्वजनिक गर्ने ।
१०. उपमहानगरपालिकालाई डिजिटल प्रबिधियुक्त बनाउन घरमै बसेर जन्मदर्ता, सिफरिस, चारकिल्ला जस्ता फारम भर्न र Request पठाउन सक्ने व्यवस्था मिलाउन आफ्नै मोबाइल Apps Develop गर्ने र नगद कारोबार तथा भ्रष्टाचारलाई शुन्य बनाउन सम्पूर्ण सिफारिस दस्तुर देखि, मालपोत कर Phone Pay मार्फत भुक्तानी लिने व्यवस्था मिलाउने बिस्तारै वडालाई स्र्माट वडामा रुपान्तरण गर्ने दिशामा अगाडि बढ्ने ।
११. नेपालगन्जको त्रिभुवन चोक आँफैमा बिभिन्न प्रकारका खाने कुरामा प्रख्यात रहेकोले वर्षको एकपटक Food Festivle को आयोजना गर्ने ।
१२. प्रत्येक हप्ताको एक दिन स्वास्थ्य, शिक्षा, उद्योग व्यवसाय, अर्थतन्त्र , विकास निर्माण सम्बन्धि विज्ञहरुलाई बोलाएर छलफल चलाउँदै अझ चुस्त र बैज्ञानिक तरिकाले कसरी योजना तर्जुमा गर्न सकिन्छ ।

१४. नेपालगन्ज आँफैमा एउटा व्यापारिक हव समेत रहेकोले तराई क्षेत्रमा उत्पादन हुने आँपलाई संकलित गरि
तत्कालिनरुपमा Cold Store मा राख्ने व्यवस्था गर्ने अनि दिर्घकालिनरुपमा जुस उद्योग खोल्नको लागि invester लाई आह्वान गर्ने र यहाँबाट उत्पादित जुस तथा Mango Wine लाई Branding गर्ने ।

१५. त्यस्तै गरि सम्भव भएसम्म जुम्ला, डोल्पामा उत्पादित स्याउलाई समेत नेपालगन्जमा संकलित गरि
उत्पादन या भारतको लखनउमा निर्यातको व्यवस्था मिलाउने ।

१६. नेपालगन्ज शहर र भारतको लखनउ शहरको सिधै शिक्षा र स्वास्थयमा Connectivity रहेकोले र
त्यहाँबाट आउने भारतिय पर्यटकलाई मुगुको रााराताल तथा बर्दिया ठाकुरद्धारा, कर्णालीजस्ता क्षेत्रलाई
पर्यटकीय स्थल मानेर पर्यटकीय हवको रुपमा नेपालगन्जले Inanition लिने ।

१७. सकिन्छ भने हाम्रो नेपालगन्जमा पानीको कमी नभएकोले यहाँका पानी उद्योगहरुसँगको समन्वयमा भारत
सरकारको लखनउ प्रदेश संग निश्चित आर्थिक प्याकेज सम्झौता गरि उताबाट कच्चा पदार्थ लिएर आउने
र यहाँ खालि गरेर फर्कने रित्ता गाडिमा पानि निर्यात गर्ने ।

१८. नेपालगन्जमा एउटा स्थायि प्रशोधनको रुपमा जडिबुटि उद्योग खालेर पहाडी क्षेत्रबाट आउने जडिबुटिलाई
बिदेश निर्यातको व्यवस्था मिलाउने ।
१९. घर–बहाल करलाई व्यवस्थित बनाउन बैज्ञानिक योजना तर्जुमा गर्ने ।
२०. चुनौतिको रुपमा रहेको नेपालगन्जको बिधुत समस्याको स्थायी समाधानको लागि ने.ग.उ.न.पा. आँफैले
समेत केन्द्र सरकारको समन्वयमा विधुतको पुराने प्रसारण लाइन परिवर्तनमा पहलकदमी लिंदै फोहोर व्यस्थापन गर्न तत्कालीनरुपमा फोहोरलाई उर्जामा Convertत्यस्तो मेशिनमा लगानी गर्न निजि क्षेत्रलाई आह्वान गर्ने ।
२१. ट्राफिक व्यवस्थापनलाई चुस्त बनउन तत्काल पुष्पलाल चोक र धम्बोझि चोकमा आकाशेपुलको व्यवस्था
गर्ने यदि नगरपालिकाको बजेटले त्यो भ्याउन्न भने निजि क्षेत्रलाई समेत आहवान गर्ने ।
२२. दुर्घट्ना न्यूनिकरणको लागि विहान १० बजेदिेखि साँझ ७ बजेसम्म मुख्य बजार क्षेत्र कारकाँदो देखि
गणेशमान चोकसम्म टिप्पर गुडाउन बन्द गरिनुपर्ने ।
२३. नयाँ शैक्षिक विद्यालय दर्ताको लागि सिफारिस दिने बेलामा अनिवार्य हरेक कक्षा कोठामा राम्रो चल्ने पंखा
या विद्यालयको स्तर हेरेर AC को व्यवस्था चिसो पिउने पानी सहितको भौतिक पुर्वाधार हुनुपर्ने ।
२४. ने.ग.उ.न.पा. भित्र रहेका स्थानिय उत्पादन गर्ने उद्योगलाई प्रमोट गर्न नागरिक तहबाट नै स्थानिय
उत्पादनलाई उपभोग गर्नको लागि उद्योग बाणिज्य संघको समन्वयमा चेतनामुलक कार्यक्रम संचालन गर्ने ।
२४. ने.ग.उ.न.पा. मा ठूला उद्योग तथा भौतिक पुर्वाधार निर्माणको लागि वाह्य लगानी भित्रयाउनको लागि निजी क्षेत्रसंग समन्वय गर्ने ।

 

 

प्रकाशित मितिः     ८ असार २०७९, बुधबार ११:००  |