पूर्वअध्यक्षले वडा कार्यालयकाे भित्ता फाेडेर शिलालेख राख्न खाेजेपछि…


नेपालगन्ज- नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १२ का निवर्तमान वडा अध्यक्ष बुद्धिसागर सुवेदीले आफ्नो कार्यकालको कामको शिलालेख अहिले राख्न खोज्दा बिहिवार तनाव उत्पन्न भएको हो ।

निवर्तमान वडा अध्यक्ष सुवेदीको नेतृत्वमा आएको समूहले वडा कार्यालयको भित्तामा जबरजस्ती तोडफोड गर्दै शिलालेख राख्न लागेपछि मात्रै आफुहरुलाई जानकारी भएको वडा अध्यक्ष तरुण बज्राचार्यले जानकारी दिनुभयो ।

 

निवर्तमान वडा अध्यक्ष सुवेदीले जनताको सहयोगबाट वडा कार्यालयले ट्याक्टर खरिद गरेको जानकारी दिदै सहयोगीदाता र उपभोक्ता समिति तथा वडा समितिको नाम भएको शिलालेख राख्न नदिनु दुःखद भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले विगतमा शिलालेख राख्न समय अभाव भएको बताउनुभयो । वडा अध्यक्ष बज्राचार्यले कुनै निर्णय बिना सुवेदीले जबर्जस्ति सार्बजनिक सम्पत्ती ताेडफाेड गरेर शिलालेख राख्न खाेजिएको जानकारी दिनुभयाे ।

शिलालेखको विषयमा सहमति नभएपछि तयार पारिएका ३ वटै शिलालेख जिल्ला प्रहरी कार्यालय बाँकेको संरक्षणमा राखिएको छ ।

 

प्रकाशित मितिः     ५ श्रावण २०७९, बिहीबार १७:२१  |