रेडक्रसद्वारा प्रारम्भीक दुर्त लेखाजोखा तालिम


नेपालगंज ११ श्रावण- नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा प्रारम्भीक दु्रत लेखाजोखा तालिम बुधवार नेपालगंजमा सम्पन्न भएको छ ।

युरोपियन युनियनको सहयोग तथा युनिसेफ नेपालको साझेदारीमा नेपालगंज उपमहानगरपालिका वडा नं. ३ र ७ मा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाद्वारा विपद् प्रतिकार्यमा समुदायको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले उक्त तालिम आयोजना गरिएको हो ।

तालिममा विपद्का शब्दावली, विपद् व्यवस्थापन चक्र, प्रारम्भीक दु्रत लेखाजोखाको मोबाइल एप्सबाट फाराम भर्ने तारिका र विस्तृत घरधुरी सर्वेक्षण लगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यहारिक अभ्यास समेत गरिएको थियो ।


तालिममा कार्यक्रम संचालित वडाका जनप्रतिनिधि, वडा सचिव, नेपालगंज उपमहानगरपालिका भित्र रहेका नेरेसो उपशाखाका सभापति एवं प्रतिनिधि, नेपाल प्रहरीको प्रतिनिधि र स्वयंसेवकहरुको सहभागिता रहेको थियो भने तालिमको सहजकर्ताहरुमा नेरेसो बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा रहनु भएको थियो ।

नेरेसो सदरलाइन उपशाखाका सभापति ओम प्रकाश आजादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, उपनिर्देशक दोलखबहादुर डाँगी, नेपालगंज उपमहानगरपालिका वडा न. ७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठ, वडा नं. ३ का आयुव सिद्धिकी र नेपालगंज उपमहानगरपालिकाको विपद् फोकल पर्सन प्रकाश डि.सी. लगायतले विचार व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मितिः     ११ श्रावण २०७९, बुधबार १९:१६  |
error: Content is protected !!