यस्ताे बन्दै छ नेपालगन्ज विमानस्थलकाे टर्मिनल भवन,२६ कराेड विनियोजन


नेपालगन्ज- नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा १८ वटा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। प्राधिकरणले यसका निम्ति कुल एक अर्ब ५१ करोड ६३ लाख रूपैयाँ बजेट छुट्याएको हो।

देशभरका विमानस्थल सुविधा- सम्पन्न बनाउन विशेषगरी पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले यस वर्षको आफ्नो कुल ४१ अर्ब ८५ करोड रूपैयाँ बजेटमध्ये पुँजीगत खर्चतर्फ २६ अर्ब ८२ करोड रूपैयाँ विनियोजन गरेको छ।
नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल टावर बनाउन प्राधिकरणले २६ करोड २१ लाख रूपैयाँ बजेट छुट्याएको छ। यो विमानस्थलमा आर्थिक वर्ष २०७६र०७७ बाट बजेट विनियोजन हुँदै आएको छ।

हेर्नुस् अब बन्ने नेपालगन्ज बिमानस्थलको टर्मिनल भवन

प्रकाशित मितिः     १९ श्रावण २०७९, बिहीबार ०७:२९  |