यात्रु बोक्ने रिक्सामा धमाधम निर्माण सामग्रीको ढुवानी, रोक्न छैन चासो


नेपालगन्ज – यात्रु बसाल्ने प्रयोजनका लागि अटोरिक्सा बनाइएको हुन्छ ।

तर नेपालगन्जमा त्यस विपरित निर्माण सामग्री ढुवानी गरेर दुर्घटनाको जोमिख बढाउदा समेत ट्राफिक प्रहरीले रोक्न चासो देखाएको छैन ।

यसले एकातिर ट्राफिक प्रहरीको गम्भीर लापरबाही प्रमाणित हुन्छ भने अटोरिक्सामा निर्माण सामग्री ओसनरपसार गर्ने गराउने व्यवसायी र सेवाग्राहीको मनोवल बढेको छ ।

मोटरसाइकल र ठेला चलाउनेहरुलाई निगरानी गर्ने प्रहरीले यसरी दुर्घटना बढाउने कार्य बढ्दै जादा समेत रोक्न चासो दिएको पाइदैन ।

जनस्तरबाट यस्तो कार्य रोक्न दबाब दिएको छ । पत्रकार झलक गैरे लगायतले यो मुद्दालाई गम्भीरतापूर्वक उठाएका छन् । उनी भन्छन्- यस्ताे हर्कत रोक्न नसक्नु त अति नै हो ।

प्रकाशित मितिः     २६ श्रावण २०७९, बिहीबार २२:५६  |