बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने हाम्रो सपना आज पूरा भएकोछ ।
राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा योजना छनौट, गुरुयोजना र डिपिआर निर्माण, बजेट बिनियोजन, बहुबर्षिय ठेक्काको लागि सहमती, प्रक्रियागत रुपमा झन्झटीलो आयोजना स्थलमा रहेका रुखहरुको ईआइए र रुख कटान आदेशको सहमती, निर्माण सामाग्रीको अभाव र कोभिड महामारी लगायतका अफ्ठ्यारा मोडहरु पार गर्दै आज उदघाटनको चरणमा आइपुग्दा अत्यन्तै खुसी लागेको छ ।
बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रको सफल सञ्चालन भई राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा, सम्मेलन, कार्यक्रम, प्रदर्शनी एवम् बैठकहरु आयोजना भई यस क्षेत्रको आर्थिक विकासमा थप मद्दत पुग्नेछ भन्ने आशा लिएकोछु । बुटवल मण्डप भित्र यसै आयोजनाको महत्वपूर्ण अंगको रुपमा निर्माणाधीन अन्तराष्ट्रिय प्रदर्शनी स्थल पनि छिटै निर्माण सम्पन्न भएर कार्यान्वयनमा आउनेछ ।
यो आयोजना छनौट देखि निर्माण सम्पन्न हुने चरण सम्म ल्याउन योगदान गर्नुहुने आदरणीय आमा बुवा दिदीबहिनी तथा दाजुभाईहरु, व्यावसायीक संघ संस्था, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, निर्माण व्यावसायी, सम्बद्ध श्रमिक, ईञ्जिनियर तथा प्राविधिक साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।