नेपालगन्ज – लुम्बिनी प्रदेशमा सहकारीकाे संख्या ७ सय २४ पुगेकाे छ । प्रदेश अर्थ तथा सहकारी मन्त्रालयका अनुसार २०७९ भाद्र २ गतेसम्म नियमन क्षेत्राधिकार भित्रका सहकारीकाे संख्या त्यति पुगेकाे हाे । दर्ता भएका मध्ये २ सय ९८ लाई पासवर्ड दिएको र २ सय ८९ सहकारी लगइन भएको छ ।
यी सहकारीमा रु १३ अर्ब ३८ कराेड बचत र रु १४ अर्ब १२ कराेड कर्जा लगानी भएको छ । सहकारीकाे संख्या बढेपनि त्यहा भित्र हुने अनियमितता रोक्न नियामक निकाय असफल भएको छ ।

धमाधम सहकारी समस्याग्रस्त भइ नागरिककाे बचत जाेखिमपर्दा भने सराेकारवाला निकाय मौन बस्ने गरेका छन् । बचत अनियमितता गरेका बाँकेका सहकारी विरुद्ध धेरै महिनादेखि बचतकर्ता आन्दोलनमा छन् ।