बाँके जिल्ला पश्चिम नेपालको ‘लाइफलाइन’का रुपमा रहेको छ । यहाँ रहेका नेपालगन्ज र कोहलपुर जस्ता शहर औद्योगिक, शैक्षिक र पर्यटनक्षेत्रको हबका रुपमा परिचित छन् । कुनै बेला ट्रान्जिटकारुपमा मात्र हेरिने बाँकेलाई पर्यटकीयक्षेत्रको समेत गन्तव्यका रुपमा हेरनि थालेकोछ ।
बाँकेमा थुप्रै पर्यटकीय क्षेत्र छन् । पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख पर्यटकीय गन्तव्य हो । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा शक्तिपीठ माता बागेश्वरीको मन्दिर अर्को पर्यटकको गन्तव्य हो । विश्वमै नभएको जुंगे खडेश्वर महादेवको मन्दिर पनि पर्यटकलाई आकर्षित गर्न सक्छ । भुवंर भवानी देवीको मन्दिर, कम्मरशाह बाबा, इदगाहा मस्जिद, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा आदि यस जिल्लाका थप आकर्षणका विन्दुहरु हुन् । यसैगरी महेन्द्रपार्क मिनि चिडियाघर, रानी तलाउ, वाटर पार्क, कान्ति ताल पनि प्रमुख पर्यटकीय क्षेत्र हुन् । राप्ती नदी किनार क्षेत्र, ढकेरी, अगैया, गाभर, नरैनापुर क्षेत्र, कम्मरशाह, सहायक केन्द्र बन्नसक्छन् ।
(स्रोत – समृद्ध बाँकेको आधार–नेपालगन्ज उद्योग वाणिज्य संघ)
व्यवसायिक रुपमा सञ्चालन भए पनि मेरो प्लानेट, ह्याप्पी वल्र्ड र वण्डरल्याण्ड पनि स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक छन् । कुनै बेला साबिकको मध्य र सुदूरपश्चिमको ठूला कार्यक्रमहरु नेपालगन्जका होटलले धानेका थिए । पश्चिम नेपालको आर्थिक हब भए पनि संघीयताले यहाँको होटल व्यवसायसँगै बाँकेको समग्र व्यापार व्यवसाय मारमा प¥यो । होटल व्यवसाय त धरासायी हुने अवस्थामा नै पुग्यो । संघीयताले होटल व्यवसायमा लागेको घाउमा मल्हम लगाउने काम मानसरोवर यात्राले गरेको छ । भारतीय पर्यटकहरूलाई नेपालगन्ज हुँदै मानसरोबर जान सजिलो हुनेभएपछि तीर्थयात्रीलाई लक्षित गरी दर्जनौं सुविधा सम्पन्न होटल सञ्चालन भएका छन् । नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न राष्ट्रिय गौरवको आयोजनाको रुपमा काम गर्नुपर्छ । तत्काल नेपालगन्ज–दिल्ली उडानको पहललाई सार्थक बनाउन सके यसले यहाँको पर्यटन विकासमा ठूलो योगदान दिनसक्छ ।
नेपालगन्ज विमानस्थलको गुरुयोजनालाई तत्काल कार्यन्वयन गर्न बजेट विनियोजन गर्नुपर्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको बाँकेमा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्ने हो भने बर्दिया राष्ट्रि«य निकुञ्ज, शुक्लाफाँटा, खप्तड, रारा र सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको अन्य पर्यटकीय स्थलसँग बाँके पर्यटन द्वार बन्नसक्छ । त्यसका लागि जिल्लामा ४ दर्जन बढी टुर्स एण्ड ट्राभल्स एजेन्सी खुलेका छन् । स्टार र स्टार लेभलका होटल र ४ वटा सामुदायिक होमस्टेले पर्यटकलाई सेवा दिइरहेका छन् । बाँकेका अन्य सांस्कृतिक पहिचान बोकेका समुदायहरुमा पनि होमस्टे विस्तार गर्नुपर्छ । बाँकेका कुनै पनि स्टार वा स्टार लेभलका होटलहरुमा अनिवार्य रुपमा एउटा स्थानीय स्वादको परिकारहरुको रेष्टुरेन्ट हुनै पर्ने बाध्यात्मक व्यवस्था हुनुपर्छ । (जस्तै ः नेपालगन्जको चाट, रावडी, बिरयानी, सेकुवा, चिया आदि) । बाँकेको मिलनविन्दु नेपालगन्ज सहरको ऐतिहासिक स्थान त्रिभुवन चोक आसपास समेट्ने गरी वकिङ स्ट्रिट (पैदल मार्ग) को रुपमा विकसित गरिनुपर्छ । सांस्कृतिक संग्राहलयको निर्माण गर्नुपर्छ । कला क्षेत्रको विकासका लागि थियटरको निर्माण गर्नुपर्ने । दोहोरो साँझ, डिस्को, क्यासिनो सिटी निर्माणका लागि उपयुक्त मापदण्डका आधारमा पर्यटन मैत्री वातावरणको व्यवस्था गर्नुपर्छ ।
देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुन्जले स्थापनाको एक दशकपछि पर्यटक तान्ने रणनीति बनाएको छ । बर्दिया निकुञ्ज पछि बाँके निकुञ्ज लुम्बिनी प्रदेशको दोस्रो निकुञ्ज हो । बर्दियामा पर्यटकिय गतिबिधि बढिरहेको भएपनि बाँके निकुञ्ज भने बामे सर्दै छ । अब भने पर्यटकिय गतिबिधि बढाउने गरी काम भइरहेको निकुञ्ज प्रमुख श्याम साहले बताउँछन् । सुरुका सात वर्ष निकुन्जमा पर्यटकको आगमन शुन्य रह्यो । पछिल्ला चार वर्षयता पर्यटकको आगमन सुरु त भएको छ । तर त्यो सन्तोषजनकरुपमा बढ्न सकेको छैन । निकुन्जका अनुसार स्थापना कालदेखि आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७–७८ सम्म जम्मा आठ सय सय ९९ जना पर्यटक निकुन्जमा पुगेका छन् । ती पर्यटकमध्ये पनि आठ सय ६५ जना नेपाली पर्यटक नै छन् । १० वर्षमा २० जना सार्क देशका पर्यटक आएका छन् भने अन्य मुलुकमा मात्र १४ जना पर्यटक निकुन्ज पुगेका छन् । आव २०७४–७५ मा दुईजना स्वदेशी पर्यटक आएकोमा २०७५–७६ मा जम्मा एक सय ५९, २०७६–७७ मा तीन सय ७० र गत आर्थिक वर्ष २०७७–७८ मा जम्मा तीन सय ६७ जना पर्यटक मात्रै निकुन्ज पुगेका छन् ।
जबकी सँगै जोडिएको बर्दिया राष्ट्रिय निकुन्जमा भने वार्षिक १५ देखि २० हजार विदेशी पर्यटहरु आइरहेका छन् । बाँके राष्ट्रिय निकुन्जमा पर्यटकीय पुर्वाधार नभएको पनि होइन । होमस्टे, राप्ती नदीमा बोटिङ, जंगल ड्राइभ, पैदल मार्ग, हात्ती सफारीलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार अवस्थामा छन् । सन् २०१८ को गणनामा निकुन्जमा २१ वटा बाघसमेत रहेका पाइएको थियो । पछिल्लो पटकको गणनामा केही मात्र बढेको छ । बाघ पर्यटकहरुका लागि मुख्य आकर्षण हो । तरपनि पर्यटकको आवागमन बढ्न सकेको छैन । निकुञ्ज प्रमुख साह भन्छन्, ‘बाघ हेर्न पर्यटक लालायित हुने भएपनि बाँकेमा पर्यटक तान्न सकिएन ।’
तर, सबै पूर्वाधार तयार हुँदापनि पर्यकटहरु बढ्न सकेका छैनन् । यसै अवस्थालाई मध्यनजर गर्दै निकुन्जले अब पर्यटक भित्रउने रणनीति अघि बढाएको छ ।
बाँके निकुञ्जसंगै जोडिएको गाभर क्षेत्रलाई पर्यटकियक्षेत्रका रुपमा विकास गर्ने जग बसालेका कृष्णलाल चौधरी बाँकेका लागि सबैभन्दा बढी पर्यटक तान्ने ठाउँ छिमेकी देश भारत भएपनि त्यहाँबाट आउनेहरुलाई सीमामा अनेक अड्चन खडा गरिने गरेको बताए । ‘भारतीय पर्यटकलाई आर्कषक गर्ने गरी कामहरु गर्नुपर्नेमा अनेक अड्चन गरिने गरिएको छ ।’
नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले नेपालका लागि पर्यटकको स्रोत भारत हुने संभावना रहेपनि त्यसमा थुप्रै नीतिगत र व्यवहारगत अड्चनहरु रहेको बताए । ‘नाका पार गर्न नै तीन घण्टा लाग्छ । पर्यटक नाकाबाटै फर्किने सोचमा हुन्छन् । एक दिनका लागि आइहाले पनि फेरि आउँदैनन् । उनीहरु नेपालमा अपमान हुन आउने हो र ?’ सुरक्षाकर्मीको व्यवहारप्रति आक्रोश पोख्दै राणाले भने । उनले नेपालसँग भारतीय पर्यटकलाई तान्ने ठोस कार्यक्रम पनि नभएको बताए ।
नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले अहिलेसम्म नेपालमा तराईंको पर्यटकीय संभावनाबारे ठोस कार्यक्रम नभएको र त्यस्ता क्षेत्रको प्रचार–प्रसार र प्रवद्र्धन पनि हुन नसकेको बताए ।
उनले तराईंका नाकामा रातीको समयमा पनि आवागमन खुला गर्नुपर्ने बताए । रातीको समयमा सीमामा आइपुग्ने पर्यटकहरुले दुःख पाउने गरेको र त्यसको नकारात्मक असर समग्र पर्यटन क्षेत्रमा पर्ने उनले बताए । रेग्मीले केही महिनामै नेपालगन्जमा बोर्डको कार्यालय पनि स्थापना हुने बताएका छन् । निकुञ्जका प्रमुख साहले जंगली क्षेत्र र मध्यवर्ती क्षेत्रमा विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षित गर्न थालिएको बताए ।
पर्यटन प्रर्बधनमा सन्चारको भूमिका
भनिन्छ, जसरी एउटा बलियो र मजबुत घर बनाउनका लागि त्यसको जग बलियो हुनुपर्दछ । त्यसैगरी नेपालको अर्थतन्त्र बलियो र सबल बनाउनका लागि पर्यटन क्षेत्रको विकास हुनु जरुरी छ । नेपालको सन्दर्भमा पर्यटन अर्थतन्त्रको मेरुदण्ड नै हो । पर्यटन क्षेत्रको विकासले नै मुलुकको अर्थतन्त्रलाई सबल र सक्षमत बनाउन सक्दछ । पर्यटन विकासमा विभिन्न पक्षको भूमिका रहन्छ । जसमा सञ्चार क्षेत्रको पनि अहम भूमिका रहन्छ । सञ्चारको सहयोगविना पर्यटन प्रबद्र्धन गर्न सकिदैंन ।
पर्यटनलाई देशको अर्थतन्त्रको प्रमुख र बलियो खम्बाको रूपमा लिइन्छ । पर्यटन व्यवसायलाई मूर्तरूप दिन र यस व्यवसायलाई प्रबद्र्धन गर्न सकारात्मक प्रचार–प्रसारमा सञ्चारको भूमिका बढी रहन्छ । स्थानीय तथा राष्ट्रियस्तरका सञ्चार माध्यमले पर्यटकीय स्थलहरूको पहिचान, खोज र तीसँग सम्बन्धित समाचारहरूलाई प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरी पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनमा योगदान गर्न जरुरी छ । नेपालका हरेक जिल्लामा थुप्रै पर्यटकीय स्थलहरू छन् । मनोरम ताल, धार्मिक आस्थाका धरोहर मन्दिरहरू, झरनाहरू, गुफा, संग्रहालय लगायतका स्थलहरू प्रचार–प्रसारको अभावमा ओझेलमा पर्दै आएका छन् । तिनको संरक्षणमा पनि चासो दिइएको छैन । यस्ता पर्यटकीय सम्भावना बोकेका स्थल र क्षेत्रहरूको प्रचार–प्रसार गर्नसकेको खण्डमा आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्न सक्दछन् । त्यसैले ओझेलमा परेका पर्यटकीय स्थलहरूको बारेमा समाचारलाई प्रथामिकताका सााथ प्रकाशन प्रशारण गरी त्यहाँको सम्रग पक्ष र प्राकृतिक सुन्दरता, विशेषता, पशुपक्षी, भेषभूषा, खानपान, संस्कृति आदिबारे फरक–फरक तवर र तरिकाबाट समाचार बनाएर विश्वव्यापी प्रचार रणनीतिको अपनाउन सके बाह्य पर्यटकहरूको लागि पनि आकर्षणको गन्तव्य बन्नसक्छ, नेपाल ।
प्रविधि र सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रूपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्व पर्यटन बजारलाई आकर्षित गरी अधिक लाभ लिनसक्ने क्षमता बढाउनु आवश्यक प्रविधि र सञ्चार प्रणालीमा भएको विकासले विश्व नै एउटा गाउँको रूपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले विश्व पर्यटन बजारलाई आकर्षित गरी अधिक लाभ लिनसक्ने क्षमता बढाउनु आवश्यक छ । सामाजिक विविधता एवम् ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा चिनिन्छ । प्राकृतिक सौन्दर्यलाई सञ्चारको माध्यमबाट देश विदेशमा प्रचार–प्रसार र प्रशिक्षण कार्यक्रम गरेमा देशमा वैदेशिक आम्दानीको स्रोत बढ्छ । देशमै रोजगारीको अवसर सिर्जना भइ युवाहरूले विदेशमा पसिना बगाउन जानुपर्ने बाध्यताको अन्त्य हुन सक्दछ । त्यसैले प्रर्यटन विकासमा सरकार गम्भीर हुन जति आवश्यक छ, भएका पर्यटकीय स्थलहरूको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण सबैले आ–आफ्नो क्षेत्र र स्थानबाट पर्यटन विकासमा योगदान पु¥याइ मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउने अभियानमा साझेदारी गर्नुको आवश्यकता हो । ( स्रोत : साझा बिसौनी दैनिक/दिपक जोशी)
बाँकेका सन्चारमाध्यमको पर्यटनको कभरेज
पश्चिम नेपालमा बाँके मिडियाकाक्षेत्रमा सशक्त मानिन्छ । छापा,रेडियो, टिभी र पछिल्लो समय उदायका अनलाइन सन्चारमाध्यमलाई पर्यटनको मुद्दालाई प्रभावकारीरुपमा उठाएको देखिन्छ । सरोकारवालाहरु निदाएको अबस्थामा समेत उनीहरुलाई झकझकाउनका निमित्त दबाब समूहकैै रुपमा मिडिया भूमिका खेलिरहेको छ । चाहे त्यो होमस्टे प्रर्बधनको सावल होस् चाहे यो बाँके निकुञ्जको ब्राण्डिङ्गकै सवाल होस् । पर्यटनका लागि सामाजिक चेतना बिस्तार र प्रचारप्रसारमा मिडियाले अग्रणी भूमिका निर्वाह गरेको पाइन्छ ।