चलचित्रमा चिकित्सककाे रुचि ! डा. कुमारशान शाह प्रेम गीत-३ काे सह-निर्माता


नेपालगन्जस्थित आफ्नो एचसिआरसि अस्पतालमा चलचित्रका नायक/नायिका र निर्देशकलाई स्वागत गर्दै डा. कुमारसान शाह

नेपालगन्ज- हाल प्रदर्शनमा रहेकाे चर्चित चलचित्र प्रेम गीत-३ काे निर्माणमा नेपालगन्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा कुमार शान शाहले समेत लगानी गर्नु भएको छ ।

डा शाह उक्त चलचित्रकाे सह-निर्माता हुनुहुन्छ । नेपाली चलचित्र उद्योगमा नयाँपन दिनका लागि शाहले लगानी गर्नु भएको हो । चलचित्रका निर्देशक सन्ताेष सेनले राम्रो स्क्रिप्ट देखाएपछि राम्रो लागेर शाह हौसिनुभयाे ।

चलचित्रक्षेत्रमा हात हालेकाे बिषयलाई सार्बजनिक नगरेपनि डा. शाह र उहाँकाे अस्पताल एचसिआरसिका प्रबन्धक रमेश सिटौला चलचित्र निर्माणकाे टिमसङै छन् । चलचित्र छायांकनका क्रममा विभिन्न ठाउँमा पुगेका थिए ।

प्रेम गीत ३ आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा छेतन गुरुङ र सन्तोष सेनद्वारा निर्देशित नेपाली चलचित्र हो। यो नेपाली र हिन्दी दुवै भाषामा एकैसाथ प्रदर्शन भैरहेको छ । यो चलचित्र विश्वका ८० देखि ९० राष्ट्रहरू तथा भारतका ५०० देखि १,००० सिनेमा घरमा प्रदर्शन गरिएको छ ।

चलचित्रमा सहनिर्माताकाे भुमिकामा रहेका डा. शाह लगायत सिटौलाले नै भारतमा चलचित्र प्रोमाेशन गरेर नेपालगन्जमा आएका चलचित्रकाे टिमकाे ब्यवस्थापन गरेकाे थियाे । डा. शाह लगायतकाे फाेटाे फेसबुकमा शेयर गर्दै सिटौला लेख्नुहुन्छ-

अद्भुत संसारको,इतिहासमै अद्भुत नेपाली चलचित्र
“प्रेम गीत-३” फिल्म सह-निर्माताज्यु सगै हेर्ने मौका पाए । अदृश्यरूपमा फिल्ममा भुमिका निर्वाह गर्ने मौका पाएको थिए । अस्पतालको लोगो सहित आदरणीय ब्याक्तित्वको थप एक सपना लाई जिबन्तरूपमा नाम लेखाउने कोशिश पूरा भएकोछ । अत्याधिक सफलताको शुभकामना छ ।

प्रकाशित मितिः     १० आश्विन २०७९, सोमबार १५:२१  |