वस्तु तथा सेवाको जानकारी बढीभन्दा बढी लक्षित समूहसम्म पु¥याएर ति वस्तु तथा सेवा लिन आकर्षित गर्नको लागि गरिने कार्यहरु नै प्रवद्र्धन हो । प्रवद्र्धन बजारीकरणको मख्य उपाय हो । वस्तु तथा सेवा उपलब्ध हुदैमा मानिसहरु त्यसलाई लिन तयार हुन्छन भन्ने निश्चित हुदैन । अझ लक्षित समूह नै त्यस्ता बस्तु तथा सेवा लिनको लागि आउछन भन्ने हुदैन । आर्थिक लाभको लागि मात्र नभएर स्थान वा कुनै सम्पदा चिनाउनकै लागि पनि प्रवद्र्धनात्मक कार्यहरु गर्नु आवश्यक हुन्छ । एक्काईशौ शताब्दीमा पर्यटनक्षेत्र प्रमुख आर्थिक क्षेत्रको रुपमा विस्तारित भैरहेको छ । परम्परागत पर्यटन क्षेत्रहरुमा पर्यतानाहरुको आकर्षण यथावत छ । ति बाहेक नयाँनयाँ पर्यटकीय स्थल र सम्पदाहरुको खोजी र विकास गरि त्यसबाट आर्थिक लाभ लिने दौड संसारभरि नै चलिरहेको छ । पर्यटक ल्याउन सक्ने महत्वपूर्ण पर्यटकीय सम्पदाहरु हुदाहुदै पनि धेरै ठाउँमा पर्यटकहरुले पाइला नै टेक्दैनन, येनकेन पर्यटकहरु आएपनि धेरैबेर टिक्दैनन र टिकेका पर्यटकले पनि मन खोलेर खर्च गर्दैनन् । यसो हुनुको मुख्य कारण सम्भाव्य पर्यटकलाई पर्यटकीय सम्पदा र सेवाको बारेमा पर्याप्त जानकारी नहुनु हो । पर्यटकलाई बोलाउन, टिकाउन र खर्च गर्न इच्छुक बनाउनको लागि पर्यटन प्रवद्र्धन अपरिहार्य हुन्छ ।
लुम्बिनीको पर्यटन क्षमता
पुथा हिमालदेखि मर्चवारको समथर भागसम्म फैलिएको लुम्बिनी प्रदेश भौगोलिक, प्राकृतिक र सास्कृतिक रुपमा मिनि नेपाल मानिन्छ । विश्व शान्तिको मुहान लुम्बिनीको सेरोफेरोमा रहेका जिल्लाहरुमा रामग्राम, अनोमा घाट, ककरपत्ता, हलिदासन नगर, तिलौराकोट, कुदान, निग्लिहवा, गोटिहवा जस्ता बुद्धसंग सम्बन्धित २०० भन्दा बढी पुरातात्विक स्थलहरु रहेका छन् । वृहत्तर लुम्बिनी क्षेत्रमा समेटिएका यी क्षेत्रहरु बौद्ध पर्यटनका मुख्य क्षेत्रहरु हुन् र वर्षेनी लाखौ अन्तरिक र बाह्य पर्यटक यी स्थानमा पुगिरहेका छन् । राम्दी, रिडी, स्वर्गद्वारी , रेसुंगा, पाणिनी तपोभूमि जस्ता हिन्दु तिर्थस्थलहरुका साथै बर्दगोरिया, सिद्धबाबा, प्रकटेस्वर महादेव, भैरवस्थान, सुपादेउराली, तौलेस्वरनाथ, बागेश्वरी मन्दिरहरु पनि हिन्दु भक्तजन र तिर्थयात्रिलाई आकर्षित गर्न सक्षम छन् । बुद्धमंगल ताल, सत्यवती ताल, गजेडिताल, जगदीशपुर ताल, जखोरा ताल, बढैया ताल, डमरु दह, कमल दह जस्ता अनेकौ तालतलैया र नदिनालाले प्रकृतिमा रमाउन चाहनेलाई आकर्षित गरिरहेका छन् । बाघको लागि ख्याती कमाएको बर्दिया राष्ट्रिय निकुन्ज, बाँके राष्ट्रिय निकुन्ज र ढोरपाटन शिकार आरक्षका साथै लुम्बिनी प्रदेशको आधा भूभाग ओगटेको सम्पूर्ण वनक्षेत्रमा पर्यटनका प्रसस्त सम्भावनाहरु लुकेका छन् । सय भन्दा बढी जातजातिको बसोबास रहेको लुम्बिनी प्रदेशमा हरेक जातजातिका आनै मौलिक सस्कार, परम्परा र जीवनपद्धती रहेका छन् । यी सबै पर्यटकीय आधारहरुले लाखौ पर्यटकलाई आकर्षित गर्न सक्ने, सेवा दिनासंकने र लाभ लिनसक्ने सामथ्र्य राखेका छन् ।
पर्यटकीय लाभको वर्तमान अवस्था
पाँच नम्बर प्रदेशलाई चिनाउने र धेरै मानिसहरु घुम्न आउने स्थान लुम्बिनी हो । सन् २०१५ मा १२९११८ र सन् २०१६म १३६२५३ जना तेश्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए । सन् २०१५मा ७ लाख ४८ हजार २९४ जना आन्तरिक तथा बाह्य पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०१६मा यो संख्यामा करिब ७२ प्रतिशतले वृद्धि भै १२ लाख ८५ हजार ६८० पुगेको थियो । सन् २०१६मा लुम्बिनी पुग्नेहरु मध्ये १० लाख १५ हजार १५८ जना स्वदेशी थिए । सन् २०१७ मा १५ लाख ५० हजार पर्यटक लुम्बिनी पुगेका थिए । यी मध्ये करिब १२ लाख ५० हजार जना स्वदेशी थिए । सन् २०१९ मा १७ लाख ७९ हजार ८६ जनाले लुम्बिनी भ्रमण गरेकोमा १४ लाख एक हजार १७८ जना नेपाली र २ लाख ४ हजार ८२५ जना भारतीय थिए.( कोरोना कहरले गर्दा सन् २०२० मा जम्मा २ लाख ७९ हजारले मात्र लुम्बिनी भ्रमण गरेका थिए)। नेपालमा विदेशी पर्यटकले औषतमा १३ दिन विताउने भएपनि लुम्बिनी आउने विदेशी पर्यटकहरु मध्ये झन्डै ७३ प्रतिशतले त्यहा आधा घण्टा भन्दा कम समय विताउने गर्दछन भने ५ दशमलव ५ प्रतिशत पर्यटक एक घण्टा भन्दा बढी विताउने गरेको युनेस्कोले चार वर्षअघि गरेको एक सर्वेक्षणले देखाएको छ । खर्च गर्ने पर्यटक भन्दा पनि फोटो खिचेर फर्कने पर्यटकहरु लुम्बिनी पुग्ने भएकोले पर्यटन बजारमा लुम्बिनी पस्कन थालेको दशकौ भएपनि यो क्षेत्रले पर्यटनबाट लाभ लिन सकेको देखिदैन । तौलिहवा नजिक रहेका तिलौराकोट र कुदानमा केहि पर्यटकहरु पुग्ने भएपनि रामग्राम, पण्डितपुर देवदहमा विदेशी पर्यटकहरु देख्नु दुर्लभ हुन्छ । रानीमहल, सुपादेउराली, भैरवस्थान, रिडी, रेसुंगा, स्वर्गद्वारी, धारापानी, तौलेस्वर र बागेस्वरिमा वर्षेनी ठुलो संख्यामा भक्तजनहरु पुग्ने गरेको भएपनि त्यहाँ पुग्नेहरु मन्दिरको दर्शन गरेर केहि घन्टामै फर्कने भएकोले पर्यटनको लाभ शुन्य बराबर नै छ ।
नेपालमा धेरै पर्यटकहरु प्राकृतिक सौन्दर्यताको स्वाद लिनको लागि आउछन् । चितवन राष्ट्रिय निकुन्ज धेरै विदेशी र स्वदेशी पर्यटक्को रोजाईमा पर्छ । कोरोना शुरुहुनु अघिसम्म वार्षिक एक लाख सत्तरी हजार पर्यटकहरु ( नेपाली बाहेक) पुगेको सरकारी आँकडाहरुले देखाउछन् । तर चितवनकै जस्तो पर्यावरणिय अवस्था भएको बर्दिया राष्ट्रिय निकुन्जमा भने १० गुणा कम पर्यटकहरु पुग्ने गरेका छन् । बर्दियामा आर्थिक वर्ष २०६८/६९मा १०९६२ जना पर्यटक पुगेका थिए । जुन संख्या आ.ब.२०७७/७८मा ८०७७ ( २६९ जना विदेशी समेत गरि) मा झरेको थियो । आ.ब २०७२÷७३मा पर्यटकको लागि खुला गरिएको बाँके राष्ट्रिय निकुन्जमा निकुन्ज स्थापना भएदेखि अहिलेसम्म ६६९ जना मात्र पर्यटकहरु पुगेको देखिन्छ । तीनवटा प्रदेशमा फैलिएको ढोरपाटन शिकार आरक्षमा पछिल्लो ९ वर्षमा ६९९५ जना पर्यटक पुगेका छन् (राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक प्रतिवेदन आ.व.२०७७/७८ ) । स्थलमार्ग बाट नेपाल आउने पर्यटकहरु मध्ये ८२ प्रतिशत भैरहवा नाका हुदै आउने भएपनि लुम्बिनी क्षेत्रको पर्यटन उद्योगले फाइदा लिन पाएको छैन बरु नेपालगंजले भारतीय पर्यटकलाई मानसरोवर पु¥याएर लाभ लिइरहेको छ । जगदीशपुर ताल, सुके ताल, सत्यवती तालले आन्तरक पर्यटकहरुलाइ देख्न पाएपनि रुकुमको कमल दह, जलजला र सिस्ने हिमालले त्यहि अवसर समेत पाउन सकेका छैनन् ।
पर्यटन प्रवद्र्धनका आधारहरु
पर्यटन प्रवद्र्धन भनेको टुरिज्म मार्केटिंगकै एक हिस्सा हो । पर्यटन बजार प्रवद्र्धनको लागि सुचना र प्रचारप्रसार मात्रले पुग्दैन. यसका लागि पर्यटकको लागि पस्कने वस्तु तथा सेवा, मानसिक तत्परता, उक्साहट , ब्राण्डिंग जस्ता कुराहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । लुम्बिनी प्रदेशको पर्यटनलाई प्रवद्र्धन गर्ने थुप्रै प्राकृतिक, भौतिक, आध्यात्मिक र अन्य आधारहरु उपलब्ध छन् । ति मध्ये केहि यसप्रकार छन् ।
१. सम्पदा
कुनै ऐतिहासिक वा सास्कृतिक तथ्य, अभ्यास, सभ्यतामा आधारित भौतिक संरचना, कलाकृति, संस्कृति, परम्परा, विस्वासनै सम्पदा हुन् । सम्पदा देखिने( मूर्त) र नदेखिने तर महसुस गर्न सकिने (अमुर्त) दुवै किसिमका हुन्छन । मानिसका व्यवहार, आस्था र विस्वासको आधारमा सास्कृतिकसामाजिक सम्पदाहरु निर्माण हुन्छन भने पृथ्वीमा विभिन्न समयमा आउने फेरबदल र प्राकृतिक चक्रको कारण भौगोलिक ÷प्राकृतिक सम्पदाहरु निर्माण भएका हुन्छन् । लामो प्राकृतिक , सामाजिकसास्कृतिक अभ्यासको आधारमा सम्पदाहरु तयार हुन्छन र यस्ता सम्पदाहरु विशिष्ट हुने भएकोले वर्तमानका पुस्ताको लागि चाखपूर्ण हुन्छन् । केहि सम्पदाहरु विगतदेखि वर्तमानसम्म निरन्तर रुपमा समुदायले अभ्यासमा ल्याएका हुन्छन र केहि सम्पदाहरु इतिहासको गर्भमा लोप भैसकेका हुन्छन् । सम्पदाले विगतको इतिहास, सभ्यता, परम्परा, भौगोलिक÷ प्राकृतिक विशिष्टता र त्यससंग वर्तमानको निकटता दर्शाउने भएकोले समाज, इतिहास र सभ्यता बुन चाहनेहरुको लागि सम्पदा क्षेत्रको भ्रमण र अवलोकन पर्यटकको लागि र अध्येताको लागि निकै महत्वपूर्ण मानिन्छ । धेरै देशहरुले सम्पदा पर्यटनलाई आर्थिक विकास र गरीबि निवारणको अवसरको रुपमा लिएका छन् ।
लुम्बिनी प्रदेश एतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदामा धनि छ । बुटवल, तानसेन, कोइलाबास, रिडी, नेपालगंज जस्ता ऐतिहासिकता बोकेका स्थानहरु यहाँ छन् । आदिम मानवको बसोबासको प्रमाण भेटिएको देउखुरी क्षेत्र, प्रागऐतिहासिक मानव रामापिथेकसको अवशेष भेटिएको दोभान क्षेत्र, पहाडी मौलिकता बोकेका मुस्लिमहरुको बसोबास रहेका बल्कोट क्षेत्र, थारुहरुको मौलिक थलो दांग बर्दिया क्षेत्र अनि मगरहरुको मौलिकता जीवन्त भेटिने पाल्पा, रोल्पा र रुकुमका वस्तीहरु सामाजिक सास्कृतिक सम्पदाका थलोहरु हुन् । अंग्रेजलाई हराएको जितगढी, नुवाकोटगढी, माथागढ़ी लगायतका गढी र किल्लाहरु, पहाडी क्षेत्रमा रहेका पुराना दरबार र कोटहरु ईतिहास अध्ययन गर्न चाहनेहरुका लागि महत्वपूर्ण थलो हुन् ( गिरी, २०७८)। यिनै सम्पदाहरुलाई पर्यटन बजारमा चिनाउन सकेमा लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न सहज हुनेछ ।
२. प्राकृतिक विविधता
लुम्बिनी प्रदेश प्राकृतिक रुपमा सम्पन्न छ । हिमालदेखि दशगजासम्म फैलिएको यो प्रदेशमा टलक्क टल्किने हिमालदेखि सयौ कृष्णसार दगुर्ने समथर घासे मैदानसम्म छन् । सोंस ( गंगेट्रिक डल्फिन) पाईने कर्णाली नदीदेखि नेपालमै अग्लो स्थानमा कमल पाईने कमल दहसम्म यस प्रदेशमा छन् । प्रदेशको आधा भूगोलमा फैलिएको वन र मनमोहक प्राकृतिक भूदृश्यहरु पर्यटक तान्ने क्षमता राख्दछन् । तराईका घासे मैदानहरू जंगल सफारीको लागि उपयुक्त छन् भने पहाडका प्रत्येक टाकुराहरु हिल स्टेशनको रुपमा उपयोग गर्न सकिने छन् । बाँके र बर्दियाका बाघ, हात्ती, कृष्णसार, गोही लगायत यहाँका प्रत्येक जीवजन्तु, झरनाहरु, तालतलैयाहरुले पर्यटनलाई प्रवद्र्धन गर्ने क्षमता राख्दछन् ।
३. बौद्ध स्थलहरु
शाक्यमुनि बुद्धको जन्मस्थान लुम्बिनीको नामबाट यस प्रदेशको नामाकरण भएको छ । प्रदेशको पर्यटन ब्राण्डिंङको लागि यो निकै महत्वपूर्ण कुरा हो । दोश्रो विश्व बौद्ध सम्मेलनले पहिचान गरेका नेपालका प्रमुख ४ बौद्ध स्थलहरु यहि प्रदेशमा रहेका छन् । वृहत्तर लुम्बिनी क्षेत्रमा समेटिएका कपिलवस्तु , रुपन्देही र नवलपरासी ( पश्चिम) मा २०० भन्दा बढी बौद्धकलिन पुरातात्विक सम्पदाहरु रहेको अनुमान छ । यहाँ भएका सबै बौद्ध स्थलहरु विस्वभरका बौद्धमार्गी र बौद्ध पर्यटकहरुको लागि आस्थाका केन्हरु हुन् ९च्बष्, द्दण्ण्ट० । लुम्बिनीलाई विस्व शान्ति शहरको रुपमा विकास गरिदैछ । मायादेवी मन्दिरको उत्खनन , पुनर्निर्माण र सौन्दर्यकरण भैरहेको छ । लुम्बिनी चिनाउने अशोक स्तम्भ समेत रहेको मायादेवी मन्दिर परिसर अहिले मुख्य बौद्ध आध्यात्मिक केन् बनेको छ । यी बाहेक विभिन्न देशहरु र बौद्ध समुदायले बनाएका बौद्ध विहार, मन्दिरहरु बौद्ध धर्मावलम्बी र पर्यटकहरुको लागि आकर्षण बनिरहेका छन् ( बिंडारी, २०७८)। कपिलवस्तुको तिलौराकोट, कुदान, गोटिहवा, निग्लिहवा, सिसहनिया, रुपन्देहीका सैनामैना , बुटवल र देवदह, नवलपरासीका पण्डितपुर्, रामग्राम, अनोमा घाट, ककरपत्ता, बुद्धमंगल , तानसेन नगरका बौद्ध गुम्बा र चैत्यहरुले पर्यटक आकर्षण गर्ने क्षमता राख्छन् । बाँकेको बालापुर, कम्दी छेउछाउ प्राचिन बौद्धकालिन श्रावस्ती नगर हुनसक्ने सम्भावनाहरु भेटिएका छन् । यी सबै बौद्ध स्थलहरुको विकास र प्रचारले समग्र लुम्बिनी प्रदेशकै पर्यटन प्रवद्र्धन मा टेवा पुग्नेछ ।
४. विश्व सम्पदा सुची
लुम्बिनी र यसको आसपासका क्षेत्र बौद्ध सम्पदाका स्थल हुन् । लुम्बिनी क्षेत्रको संस्कृति र परम्परा आफैंमा महत्वपूर्ण सम्पत्ति हो । यी सम्पदाहरूले धेरै पर्यटकीय सम्भावना बोकेका छन् । लुम्बिनी विश्व सम्पदा सूचीमा परेको उपत्यका बाहिरको एक मात्र प्राचीन बौद्ध सम्पदा हो । सम्पदा सूचीमा हुनु आफैमा राम्रो मार्केटिङ हो । युनेस्को विश्व सम्पदा स्थलहरूको सूचीमा सम्पदा स्थलहरूको समावेशले अन्तर्राष्ट्रिय पर्यटक आगमनको संख्यामा महत्त्वपूर्ण र बलियो सकारात्मक प्रभाव पार्न सक्छ। विश्व सम्पदाको नामले पर्यटकिय स्थलको पहिचान र छवि बढाउन सक्छ। पहिचान र छवि दुवै पर्यटन र गन्तव्य मार्केटिङको महत्वपूर्ण तत्व हुन। लुम्बिनी विश्व सम्पदा क्षेत्र भएकाले पर्यटन प्रवद्र्धन गर्न सजिलो छ । भर्खरै रामग्राम र तिलौराकोटलाई सम्पदा सूचीमा समावेश गर्ने प्रक्रिया सुरु भएको छ । वृहत्तर लुम्बिनीले विश्वभरका हजारौं पर्यटकहरूलाई आकर्षित गर्न सक्ने ठूलो पर्यटन सम्भावना बोकेको छ (राई, २०१८)। सम्पदा सूचीमा परेका बौद्ध सम्पदा हेर्न आउने पर्यटकले नजिकैका अन्य सम्पदाहरू घुम्न इच्छुक हुने भएकाले अन्य सम्पदा क्षेत्रमा पनि पर्यटकको संख्या र बसाइ बढाउन मद्दत पुग्नेछ ।
५. राष्ट्रिय निकुन्जहरु
लुम्बिनी प्रदेशमा बाँके र बर्दिया राष्ट्रिय निकुन्जका साथै ढोरपाटन शिकार आरक्षका केहि भाग पर्छन । बर्दिया राष्ट्रिय निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । पाटेबाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यस निकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । बाँके राष्ट्रिय निकुन्ज बाघ संरक्षणको मुख्य उद्धेस्य राखेर स्थापना गरिएको हो. ८ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारीहरू, ३०० भन्दा बढी प्रकारका चराको प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् । यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चराहरू रेकर्ड गरिएका छन् ( रानिवसंवि, २०७८)। बाघ र जंगली हात्तिको लागि बर्दिया विस्वमा परिचित भैसकेको छ भने बाँके पनि पर्यटनमा विस्तारै बामे सर्दैछ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार पर्यटनको लागि विस्वमा परिचित भैसकेको छ । यनै संरक्षण क्षेत्रहरुलाई राम्ररी व्यवस्थित र प्रचार गर्न सकेमा समग्र लुम्बिनी प्रदेशमै पर्यापर्यटनले काँचुली फेर्न सक्नेछ ।
६. कुटनैतिक र उच्चस्तरीय भ्रमण
बुद्धको महापरिनिर्वाणको धेरै पछि मौर्य सम्राट अशोक बुद्धका पाइलाहरु पच्छ्याउदै लुम्बिनीसम्म आइपुगे । उनले क्रकुच्छंद, कनकमुनी र गौतम बुद्धको जन्म भएका स्थानहरु गोटिहवा, निग्लिहवा र लुम्बिनीमा स्तम्भ खडा गरे र लुम्बिनीमा स्थापना गरेको स्तम्भमा “ शाक्यमुनी बुद्धको जन्म भएको स्थान“ भनि उल्लेख समेत गराए । पाँचौ र सातौ शताब्दीमा घुम्दै आएका चिनिया यात्रीहरु फाहियान र हुयान साङले आफ्नो यात्रा वृतान्तमा लुम्बिनीको बारेमा वर्णन गरे । लुम्बिनीलाई संसार सामु चिनाउने यी प्रारम्भिक प्रयास थिए । सन् १९२० को दशकमा प्रसिद्ध भारतीय विद्वान राहुल साँस्कृत्यायनले धेरैपटक लुम्बिनी भ्रमण गरेर लेख र पुस्तकमा उल्लेख गरेपछि लुम्बिले बौद्धमार्गी विचमा परिचित हुन् पाएको थियो । संयुक्त राष्ट्रसका तेस्रा महासचिव ऊ थान्तले सन् १९६७ लुम्बिनीको भ्रमण गरेका थिए । त्यसपछि उनको पहलमा बुद्ध जन्मस्थलको विकासका लागि भन्दै एउटा अन्तर्राष्ट्रिय समिति गठन भएको थियो । विभिन्न १५ देशका प्रतिनिधिहरू सदस्य रहेको त्यस्तो अन्तर्राष्ट्रिय समिति गठन भएपछि मात्र लुम्बिनी विश्वभरि राम्ररी परिचित हुन थालेको हो ९द्यजबततबचबष्, द्दण्द्दज्ञ०। त्यो भ्रमण लुम्बिनीको योजनाबद्ध विकास र प्रचारप्रसारमा त्यो कोसेढुङ्गा साबित भएको छ ।
पछिल्ला ६० वर्षमा लुम्बिनीमा धेरै राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख, राजदुत र अन्य उच्चपदस्थ व्यक्तिहरुले भ्रमण गरिसकेका छन् । भर्खर मात्र बुद्ध पुर्णिमाको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन् मोदीले लुम्बिनी भ्रमण सरेका छन् । उनको लुम्बिनी भ्रमणले भारतीय मिडियामा मात्र नभएर विस्वभरी नै चर्चा बटुल्न सफल भएको थियो । हलिउडका लोकप्रिय अभिनेता लियोनार्दो डिक्याप्रियोले सन् २०१० मा बर्दिया राष्ट्रिय निकुन्ज भ्रमण गरेपछि अन्तराष्ट्रिय जगतले बर्दियाको बारेमा बुन पाएको थियो । लुम्बिनी प्रदेशका धार्मिक र प्राकृतिक सम्पदा स्थलहरुमा विदेशी उच्चपदस्थ व्यक्तिहरुलाई भ्रमण गराउने, अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलनहरु आयोजना गर्न प्रेरित गर्ने हो भने विश्व पर्यटन बजारमा लुम्बिनी प्रदेशको बारेमा छिटो जानकारी पुग्छ र यसबाट लुम्बिनी प्रदेशले मात्र नभएर नेपालको समग्र पर्यटन क्षेत्रले नै लाभ लिन सक्नेछ ।
७. सरकारी प्रयास
लामो समयसम्म लुम्बिनी प्रदेशमा लुम्बिनी मात्र प्रमुख पर्यटकीय गन्तब्य बनिरह्यो । लुम्बिनीलाई प्रवद्र्धन गर्न राज्यका संयन्त्रहरु लागिरहे । पंचायती व्यवस्थाको शुरुसंगै आध्यात्मिक केन्को रुपमा लुम्बिनीको विकास राज्यको प्रयास शुरु भएको पाइन्छ । दोश्रो राष्ट्रिय योजनामा लुम्बिनीलाई भ्रमणयोग्य स्थानको विकास गर्ने र प्रचार गर्ने कार्यक्रमहरु समावेश थिए । तेश्रो योजनामा लुम्बिनीको उत्खनन र अनुसन्धानमा जोड दिइएको थियो । चौथो योजनामा लुम्बिनी गुरुयोजना निर्माण, पर्यटकीय सुविधा विस्तारका साथै लुम्बिमा पर्यटकको बसाई लम्ब्याउने योजनाहरु अघि सारिएको थियो । पंचायती व्यवस्थाको अन्त्यपछि आठौ योजनामा लुम्बिनीको विकासको लागि छुट्टै योजना अघि सारिएको थियो । यो अवधिमा लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्रीको केन् बनाउने कुरा उल्लेख गरिएको थियो । यो अवधिमा पर्यटन प्रवर्धनलाई जोड दिइएको थियो । नवौ योजनायता भने नेपाल सरकारका आवधिक योजनाहरुमा लुम्बिनीको विकासका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा लुम्बिनीको प्रचार प्रसारका योजनाहरु ल्याउने र सिमित नै भएपनि त्यस्ता कामहरु गर्ने गरेको देखिन्छ ।
नेपाल भ्रमण वर्ष १९९८ र पर्यटन वर्ष २०११ को पर्यटकीय प्रचारमा भने लुम्बिनी प्रदेशका धार्मिक र प्राकृतिक पर्यटकीय स्थलहरुलाई समेटिएको थियो । पछिल्लो समयमा नेपाल सरकारले यो प्रदेशका २ दर्जन बढी क्षेत्रलाई नविनतम पर्यटकीय गन्तव्यको रुपमा समेटेर पर्यटन प्रवद्र्धनका कामहरु गर्दै आएको छ । लुम्बिनी प्रदेश सरकारले पर्यटनलाई प्रदेशको समृद्धिको आधार बनाउने लक्ष्य राखेर आना नीति तथा कार्यक्रमहरु संचालन गरिरहेको छ । “बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ” भन्ने नाराका साथ् प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६को घोषणा गरि कार्यक्रमहरु संचालन गरेको थियो । यस कार्यक्रमले समग्र प्रदेशकै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको थियो । प्रदेशको पहिलो आवधिक योजनाले लुम्बिनी आएका पर्यटकलाई अन्य पर्यटकीय स्थलहरुमा पु¥याउनको लागि पर्यटकीय पूर्वाधारको विस्तार, नया पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन, पर्यटकीय सुविधामा विस्तार गर्ने रणनीति अङ्गीकार गरेको छ । हिल स्टेशनको विकास, सास्कृतिक स्थलहरु संरक्षण, तालतलैयाको संरक्षण र सौन्दर्यिकरणका कामहरु गरिरहेको छ । संचारकर्मी र सरोकारवालाहरुलाई समेटेर अन्तरक्रियात्मक कार्यक्रमहरु गर्ने, प्रदेशको पर्यटन प्रोफाईल र भिजिटर गाईड तयार गर्ने काम समेत प्रदेश सरकार मातहत भैरहेका छन् । यस्ता कार्यले लुम्बिनी प्रदेशको प्रयटन क्षेत्रले भविस्यमा अझ विस्तारित हुने र आर्थिक लाभ लिन सक्ने देखिन्छ ।
८. सडक संजाल र यातायात
यातायात पर्यटन उद्योगको अभिन्न अंग भएको छ; यातायातले पर्यटकहरूलाई विभिन्न पर्यटकीय स्थलहरूसँग जोड्छ । जहाँ यातायातको राम्रो सुविधा हुन्छ, त्यहाँ छिटो पर्यटन विस्तार हुन्छ । छरिएको सम्पदामा पर्यटन क्षेत्रको छवि जस्तै, यातायातले यस क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
बृहत्तर लुम्बिनी क्षेत्रमा पर्यटकीय स्थलहरू छरिएका छन् । यातायात सञ्जालले यी क्षेत्रहरूलाई जोड्दा यस क्षेत्रको पर्यटन विकासमा अतुलनीय फाइदाहरू प्राप्त हुन्छन् । अहिले देवदह र तौलिहवालाई बुद्ध सर्किट मार्फत लुम्बिनीसँग जोडिएको छ । देवदहदेखि परासीहुँदै पण्डितपुरसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ । हुलाकी सडकले सुस्तादेखि राजापुरसम्मका अधिकांश भूभागलाई जोडिसकेको छ । मुख्य पर्यटक बिन्दु भैरहवा र नेपालगंज नेपालका धेरै पर्यटकीय गन्तव्यसंग सडकबाट जोडिएका छन् । शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनीबाट अब एक घण्टाभित्र सबै बौद्धस्थल पुग्न सकिन्छ । लुम्बिनी प्रदेशका सबै पर्यटकीय स्थलहरुमा स्थल सवारी बाटै जान सकिने अवस्था छ ।
हालसम्म अन्तर्राष्ट्रिय पर्यटक तथा लुम्बिनी घुम्न चाहने विदेशी बौद्ध धर्मावलम्बीले अन्तर्राष्ट्रिय उडानमार्फत लामो दूरी पार गरेर काठमाण्डौ वा भारतबाट आउनुपर्ने बाध्यता थियो । भर्खरै लुम्बिनी नजिकैको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट अन्तर्राष्ट्रिय उडान शुरु भएको छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल पनि बनाइएको छ । नेपालगन्ज विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने प्रयासहरु भैरहेका छन् । यी विमानस्थल सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय पर्यटकलाई लुम्बिनी प्रदेशमा आउन सहज हुनेछ । नेपालगंज विमानस्थलले धेरै भारतीय पर्यटकलाई मानसरोबर पु¥याईरहेको छ । दाङ्गमा राम्रो अवस्थाको विमानास्थल छ भने गुल्मीमा पनि विमानस्थल तयार भैसकेको छ । यी सबै यातायात पूर्वाधारले लुम्बिनी प्रदेशमा आउँन चाहने पर्यटकहरुलाई सुबिधा प्रदान गर्ने क्षमता राख्छन् । लुम्बिनी प्रदेश घुम्न सजिलो छ भन्ने संदेश दिन सकियो भने यहा पर्यटकहरु आउने छन्, एक ठाउमा गएका पर्यटकहरु सजिलै अर्को स्थानमा पुग्नेछन र समग्र लुम्बिनी प्रदेशले पर्यटकीय लाभ लिन सक्नेछ ।
९. धार्मिक स्थल र आध्यात्मिकता
शदियौंदेखी नै आध्यात्मिकता पर्यटनको मुख्य आधार बनिरहेको छ । लुम्बिनी प्रदेशमा हिन्दुहरुका प्रसिद्ध धार्मिक स्थलहरु सत्यवती, राम्दी, रिडी, रेसुंगा, स्वर्गद्वारी, पाणिनी तपोभूमि, सुपा देउराली, बागेश्वरी, धारापानी, सिद्ध रत्नेश्वर पिठ जस्ता प्रसिद्ध स्थलहरु छन् ( योगि, २०७७) । कुनै प्रचार विना नै यो स्थानहरुमा नेपाल र भारतका भक्तजनहरु पुग्ने गरेका छन् । धार्मिक आस्थाको कारणले प्रदेशका विभिन्न स्थानमा पुगेका भक्तजन र धार्मिक पर्यटकहरुले अहिलेपनि लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धनको लागि सदभावना दुतको काम गरिरहेका छन् । यस्ता तीर्थालुलाई थप सुविधा प्रदान गर्ने र बढी समय विताउन प्रोत्साहित गर्ने हो भने पर्यटन क्षेत्रले अत्यधिक लाभ लिन सक्नेछ ।
लुम्बिनी प्रदेश हिन्दु र बौद्ध पर्यटनको लागि मात्र नभएर अन्य सस्कृतिमा आधारित पर्यटनको राम्रो स्थान हो । नवलपरासीमा लुम्बिनी र गण्डकी प्रदेशको सिमानामा रहेको मदारबाबा, बाँकेको नरैनापुर गाउँपालिकामा खलिफा नुर अहमद शाहको मजार, डुडुवा गाउँपालिकामा हजरत बाबा कम्मर शाहको मजार र खजुरा गाउँपालिकामा मुसबेटवा बाबाको मजार हिन्दु र मुस्लिम दुवै धर्मावलम्बीहरुको आठाको केन् हुन् । दुई फरक धर्मावलम्बिहरुले समान श्रद्धाका साथ पुजा र प्राथना गर्ने स्थलहरु अन्यत्र विरलै पाइन्छन् । यी क्षेत्रहरुलाई अझ प्रचार प्रसार गर्ने हो भने लुम्बिनी प्रदेशले भारतमा रहेका लाखौ हिन्दु र मुस्लिम धर्मावालाम्बिहरुलाई ल्याउन मद्दत पुग्नेछ ।
१०. निजि र अन्य क्षेत्रको साथ
अहिलेसम्म लुम्बिनी प्रदेशमा जे जति पर्यटकीय गतिविधिहरु भएका छन् ति सबैको पछाडी यहाँको निजि क्षेत्रको मुख्य भूमिका रहेको छ । प्रदेशको पर्यटनलाई लक्षित गरेर निजि क्षेत्रले होटेल व्यवसाय र अन्य पर्यटकीय सुविधामा अरबौ खर्च गरिसकेका छन् । होटेल, ट्राभल तथा टुर व्यवसायीहरुले आनै प्रयासमा लुम्बिनीको प्रचारको लागि स्वदेश र विदेशमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । मेला महोत्सव, फुड फेस्टिभल, टुरमार्ट, संचालन गर्ने, बिदेशमा कार्यक्रम गरि लुम्बिनी भ्रमणमा आउन प्रोत्साहित गर्ने, आएका पर्यटकलाई घुमफिर गर्न सघाउने काम निजि क्षेत्रबाट भैरहेको छ । निजि क्षेत्रसंग सरकारले अझ राम्रोसंग सहकार्य गर्न सकेमा लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न सजिलो हुनेछ ।
लुम्बिनीको संरक्षण, विकास र प्रवद्र्धन गर्नको लागि लुम्बिनी विकास कोषले कार्य गर्दै आएको छ । लामो समय लुम्बिनीमा मात्र सिमित रहेको कोषले अहिले वृहत्तर लुम्बिनी क्षेत्रमा रहेका बौद्धस्थल र अन्य पर्यटकीय स्टलको विकास र प्रचार प्रसारमा पनि संलग्नता बढाएको छ । लुम्बिनी विकास कोष विश्व समुदायमा परिचित भैसकेकोले कोष मार्फत समग्र लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न सजिलो हुने देखिन्छ । बौद्ध शिक्षा र दर्शनको प्रवद्र्धन गर्न स्थापित लुम्बिनी बौद्ध विस्वविद्यालयले पनि पर्यटन विषयमा स्नातक तह संचालन गरिरहेको छ । यसले पर्यटन व्यवसाय गर्न सक्ने जनशक्ति उत्पादन हुनेछ र लुम्बिनी प्रदेशको पर्यटनलाई अघि बढाउन मद्दत पुग्नेछ (कंडेल, २०७९)। लुम्बिनी प्रदेशका विभिन्न पालिकहरुले स्थानीय पाठ्यक्रम लागू गरिसकेका छन् र त्यो पाठ्यक्रममा पर्यटनलाई समावेश गरेका छन् । स्थानीय सरकारहरुले पनि आना कार्यक्रमहरुमा पर्यटन विकासलाई समावेश गरिरहेका छन् । यस्ता कार्यहरुले गर्दा लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन मा निश्चयपनि योगदान पुग्नेछ ।
निष्कर्ष
लुम्बिनी प्रदेश भौगोलिक, प्राकृतिक, सास्कृतिक रुपमा सम्पन्न छ । यो प्रदेशले सबै धार्मिक, आध्यामिक, सम्पदा र पर्यापर्यटकलाई आकर्सित गरेर प्रसस्त पर्यटकीय लाभ लिन सक्छ । अहिलेसम्म लुम्बि प्रदेशको पर्यटन लुम्बिनी सेरोफेरोमा मात्र केन्ति रहेको छ । जसले गर्दा प्रदेशका अन्य क्षेत्रले पर्यटकीय लाभ लिन सकेका छैनन् र लुम्बिनीमा पनि लामो समय पर्यटक नबस्दा अपेक्षित लाभ प्राप्त हुन् सकेको छैन. समग्र लुम्बिनी प्रदेशले पर्यटन बाट लाभ लिनको लागि सबै स्थानमा पर्यटकहरु पुग्ने , बस्ने र सेवा लिने अवस्था तयार हुनुपर्छ । पर्यटकहरु आफै पर्यटकीय स्थलमा पुग्दैनन, उनीहरुलाई डोर्याउनु पर्छ. पर्यटकलाई डो¥याउनको लागि पर्यटन प्रवद्र्धन आवस्यक छ । लुम्बिनीको पर्यटनलाई प्रवद्र्धन गर्न सक्ने आधारहरु यहाका सम्पदाहरु, बौद्ध र हिन्दु स्थल र सस्कृति, पर्यवारनिय विविधता, राज्यको चासो र उपलब्ध सुविधाहरु हुन् । यिनीहरुलाई अझ व्यवस्थित गर्ने, विस्तार गर्ने र बजारीकरण गर्ने हो भने पर्यटनबाट लुम्बिनी प्रदेशले समृद्धिको आधार निर्माण गर्न सक्नेछ ।
वातावरण र पर्यटन अनुसन्धान तथा लेखनमा संलग्न कंडेल लुम्बिनी पर्यटन प्रवद्र्धन विषयमा पिएचडिका शोधार्थी हुन् ।) बुटवलटुडेबाट