भेरी गंगा- गुर्भाकाेटमा आधुनिक शहर बनाउने याेजना कार्यान्वयन हुँदै


नेपालगन्ज – भेरी गंगा उपत्यका नमुना आधुनिक शहरको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । गुर्भाकाेटका मेयर हस्त पुनले कार्यालयकाे उद्घाटन गर्नु भयो ।

भेरी करिडाेरमा आधुनिक शहर बनाउने गरि उक्त याेजना कार्यान्वयनमा ल्याइएको हो । कार्यालय उद्घाटन गर्दै मेयर पुनले भन्नुभयो – हामीलाई बिश्वास छ, कार्यालय उद्घाटनसंगै गुर्भाकोट,भेरी गंगा र लेकबेसीका भेरी किनार वारिपारीका बस्तीलाई समेटेर एउटा सुन्दर पर्यटकिय शहरको परिकल्पना पूरा हुनेछ ।

साथसाथै दुर भबिष्यमा भेरी करिडर अन्तर्गत सिम्ता देखि पश्चिम घाटगाउसम्म पनि शहरको रुपमा बिकास गर्दै सुर्खेतलाई पर्यटकिय गन्तब्यको रुपमा परिचित बनाउने यसले लक्ष्य लिने पुनले बताउनुभयाे ।

प्रकाशित मितिः     १२ आश्विन २०७९, बुधबार ०७:१३  |