नेपालगन्जको ‘कोर सिटी’को जग्गाको मुल्य छ बर्षमा दोब्बर बृद्धि


नेपालगन्ज – पश्चिमको आर्थिक केन्द्र नेपालगन्जमा छ बर्षभित्र जग्गाको मुल्य दोब्बरले बढेको छ । चलनचल्तीको मुल्य करोडौ भएपनि न्यूनतम मुल्य नै रु ४५ लाख प्रति कठ्ठादेखि रु ८६ लाख प्रति कठ्ठा पुगेको छ ।

सुर्खेतरोड,त्रिभुवनचोक जस्ता ‘कोर सिटी’ मा त जग्गाको मूल्य प्रति कठ्ठा रु ५ देखि १० करोडमा नै बिक्री बितरण भइरहेको छ ।

जिल्ला मालपोत कार्यालय बाँकले हरेक आर्थिक वर्षमा जग्गाको न्यूनतम मुल्य कायम गर्छ । यसैका कारण सरकारले किनबेच हुँदा राजश्व लिन्छ । तर न्यूनतम मूल्य भन्दा कयौं बढिमा बजार मुल्य कायम हुने गरेको छ ।

मालपोत कार्यालय बाँकेले आर्थिक वर्ष २०७३/२०७४ का लागि तोकेको न्यूनतम मूल्यमा जिल्लाकै महंगो र क बर्गको जग्गाको न्यूनतम मुल्य प्रति कठ्ठा रु ४५ लाख थियो । तर आर्थिक वर्ष २०७८/७९ मा त्यही जग्गाको न्यूनतम मूल्य प्रति कठ्ठा रु ८६ लाख ६५ हजार कायम गरिएको छ । यहाँको क बर्गको जग्गामा चारवाहिनीदेखि उत्तर सदरलाइन त्रिवेणीमोड, गणेशमानचोक पूर्व पुनरावेदन अदालतसम्म सडकको दुवै छेउमा जग्गा, त्रिभुवनचोक पूर्व बाटो रानीतलाउ मोडसम्म, खाँसकारकाँदोदेखि वीरेन्द्रचोक हुँदै पासाङ्ग ल्हामु मार्ग गणेशमानचोकसम्म, न्यूरोड, सुर्खेतरोडदेखि बसपार्कसम्मको क्षेत्र रहेको छ ।

नेपालगन्ज उपमहानगरपालिका भित्रको क वर्गमा पर्ने जग्गाको न्यूनतम मूल्यांकन आ.व. २०७९/८० का लागि प्रतिकठ्ठा ८६ लाख ६५ हजार प्रतिकठ्ठा कायम गरिएको छ । जुन अघिल्लो आर्थिक बर्ष २०७८/०७९ मा ६८ लाख ७७ हजार रहेको थियो । चालु आ.व.का लागि करिब १८ लाख रुपैयाँ प्रतिकठ्ठा वृद्धि गरिएको हो । क वर्गमा क वर्गमै रहेको ट्राफिक चोकदेखि चारबाहिनी चोकसम्मको क्षेत्रमा न्यूनतम प्रतिकठ्ठा ७२ लाख ९० हजार कायम गरिएको छ । जुन अघिल्लो आ.व.मा ६० लाख ३८ हजार प्रतिकठ्ठा रहेको छ ।

आ.व. २०७९/८० का लागि ख वर्गको क्षेत्रमा प्रतिकठ्ठा ५९ लाख रुपैयाँ न्यूनतम मूल्यांकन तोकिएको छ । जुन अघिल्लो आ.व.मा २०७८/०७९ मा ४८ लाख ९३ हजार रहेको थियो । ख वर्गमा त्रिवेणीमोड हुँदै घरबारीटोल, विपीचोकदेखि त्रिभुवन चोक, एकलैनी बजार, त्रिवेणीमोडदेखि राप्तीपथ, विपीचोकदेखि मुक्तिपुर, बसपार्क, सल्यानीबाग र फुल्टेक्रा लगायतका क्षेत्र रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा आ.व. २०७९÷८० का लागि ग वर्गको क्षेत्रमा ४४ लाख ५० हजार प्रतिकठ्ठा, घ वर्गको क्षेत्रमा २८ लाख ७५ हजार, ङ वर्गको २७ लाख ६० हजार र २६ लाख ५० हजार, च वर्गको २४ लाख २० हजार, छ वर्गको ११ लाख ७० हजार कायम गरिएको छ ।

त्यस्तै, साविक बहाल विटौरी वा बेलगती जग्गा हाल नयाँ नापीबाट कायम हुन आएको र अन्य वडाहरुको जग्गा मेन रोडमा ८३ लाख, ग्राभेल बाटोमा ५९ लाख, कच्ची बाटोमा ४० लाख ६५ हजार रुपैयाँ कायम गरेको छ ।

साविक उदयपुरको जग्गाको न्यूनतम मूल्यांकन प्रतिकठ्ठा ९० हजारदेखि ४ लाख ४० हजार रुपैयाँसम्म, साविक खास कारकाँदो गाविसको १ लाख ४५ हजारदेखि ७१ लाख, साविक जयसपुरको ८० हजारदेखि १७ लाख ४० हजार रुपैयाँ प्रतिकठ्ठा, साविक परसपुरको १ लाखदेखि २१ लाख ३५ हजार कायम गरिएको छ ।

त्यस्तै, साविक पुरैनाको ८० हजारदेखि ९ लाख ६५ हजार, साविक पुरैनीको ७० हजारदेखि ८ लाख ७० हजार, पिप्रहवाको ९५ हजारदेखि १७ लाख ४० हजार, साविक भवनियापुरको ९० हजारदेखि १७ लाख ४० हजार, बसुदेवपुरको १ लाख देखि ११ लाख २० हजार, मनिकापुरको १ लाख ३० हजारदेखि २४ लाख २० हजार कायम गरिएको छ ।

साविक चटार हाल कोहलपुरको १ लाख ६० हजारदेखि ५५ लाख ४५ हजार, साविक रझेनाको १ लाख ६० हजारदेखि २२ लाख ७० हजार, साविक समशेरगन्जको १ लाख ३० हजार देखि २१ लाख ४० हजारसम्म कायम गरिएको छ ।
साविक इन्द्रपुर हाल जानकी गाउँपालिकाको ८५ हजारदेखि १४ लाख ४० हजार प्रतिकठ्ठा, साविक खजुराखुर्दको ८५ हजारदेखि ९ लाख ८० हजार प्रतिकठ्ठा, साविक गनापुरको १ लाख २५ हजारदेखि १८ लाख ६५ हजार प्रतिकठ्ठा, साविक बेलभारको ७० हजारदेखि २ लाख २० हजार, साविक साइगाउँको ६५ हजारदेखि १ लाख ४५ हजारसम्म प्रतिकठ्ठा सरकारी मूल्यांकन कायम गरिएको छ ।

खजुरा गाउँपालिकामा प्रतिकठ्ठा ६० हजारदेखि १३ लाख ५५ हजार प्रतिकठ्ठा मूल्यांकन रकम कायम गरिएको छ । त्यस्तै, राप्तीसोनारीमा प्रतिकठ्ठा ५० हजारदेखि ९ लाख ८० हजार रुपैयाँसम्म मूल्यांकन कायम गरिएको छ ।
नरैनापुर गाउँपालिकामा प्रतिकठ्ठा जग्गाको मूल्य ३५ हजार रुपैयाँ प्रतिकठ्ठादेखि ७५ हजार रुपैयाँसम्म मूल्यांकन कायम गरिएको छ ।

जग्गाको सरकारी मूल्यांकन भन्दा वास्तविक किनबेचको मूल्यांकन भने निकै बढी रहेको छ । जसकै आधारमा जग्गाको कारोबार हुने गरेको छ । सरकारी मूल्यांकन कम हुँदा कतिपय खरिद, बिक्रेता आपसमा मिलेर कम मूल्यमा बिक्री देखाएर कर छलिने गरेको छ ।

उपमहानगरपालिमा जग्गाको वर्गीकरण

नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका जग्गाको वर्गीकरण गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले कृषि तथा गैह्र कृषि क्षेत्रमा नगरका २३ वटै वडाका जग्गाको वर्गीकरण गरेको हो ।

कार्यपालिकाको बैठकले वडा नं. १ देखि ११ सम्मका सबै क्षेत्रलाई गैह्र कृषि क्षेत्रका रुपमा राख्ने निर्णय गरेको छ । त्यस्तै वडा नं. १२ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालित क्षेत्रबाहेकलाई गैह्र कृषि क्षेत्र तोकेको छ ।

उपमहानगरपालिकाले १३ देखि २३ नं. सम्मका वडालाई क्षेत्र तोकेर कृषि र गैह्र कृषि क्षेत्रमा वर्गीकरण गरेको छ ।

घर जग्गा क्षेत्रमा प्रवाह हुने बैंक तथा वित्तीय संस्थाहरुको कर्जामा तरलता अभाव र बढ्दो ब्याजदरको असर भदौदेखि प्रष्टै देखिन थालेको छ । भदौ महिनामा बैंकहरुले घरजग्गामा एक अर्ब ६८ करोड रुपैयाँमात्र कर्जा प्रवाह गर्न सकेका छन् । जसको असर बाँकेमा पनि परेको छ ।

प्रकाशित मितिः     १७ कार्तिक २०७९, बिहीबार १२:०७  |