‘सबैको स्नेह, सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको छ’


  • टिएस ठकुरी,अध्यक्ष (क्रियटिभ ह्यान्ड)

सर्वप्रथम, तपाईहरुसँग खुशी  बाड्न चाहन्छौं । तपाईंहरुको स्नेह, साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको छ ।

यसको सम्पुर्ण श्रेय नेपालगन्जवासी, सम्पुर्ण बाँके जिल्लावासी र खेलप्रेमी नेपालीहरुलाई दिन चाहन्छौं ।

नेपालबाट नेपालगन्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स) बाट सदस्यता प्राप्त गर्न सफल भएको छ । योसँगै नेपालगन्ज म्याराथन एम्सको क्यालेन्डर र डाइरेक्टरीमा सुचिकृत भएको छ ।

यो सबै तपाई सम्पुर्ण मिडियाकर्मी साथीहरुको हौसलाकै उपज हो भन्ने हामीलाई लागेको छ । हरेक वर्ष आयोजना हुने नेपालगन्ज म्याराथनको आठौं संस्करण यसपटक मंसिर २४ गते शनिवार हुने भएको छ ।

हरेक वर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिवाचनका कारण तीन साता पछाडि सारिएको हो । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथनको तयारी द्रुत गतिमा अगाडि बढाएका छौं ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्याराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ । होटल सोल्टी वेष्टइन्ड प्रिमियर हस्पिटालिटी पार्टनर, बडवाइजर सेलिब्रेसन पार्टनर, सगरमाथा सिमेन्ट स्ट्रेन्थ पार्टनर नेपाली पात्रो कम्युनिटी पार्टनर, दराज इकमर्स पार्टनर, हाम्रो खेलकुद डट कम ब्रोडकास्ट पार्टनर, जिनेपाल फोरके टिभी टेलिभिजन पार्टनर, दैनिक नेपालगन्ज प्रिन्ट मिडिया पार्टनर, नेपालगन्ज ग्यालेरी र कोहलपुर ग्यालेरी

सोसल मिडिया पार्टनर रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, लुम्बिनी खेलकुद परिषद राष्ट्रिय खेलकुद परिषद महत्वपूर्ण साझेदारका रुपमा रहेका छन् ।

यसबर्ष नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराचन एण्ड डिस्टेन्स रेश(एम्स)ले प्रमाणीकरण गरेको छ । हरेक खेलाडीका लागि अब नेपालगन्ज म्याराथन प्रवेशद्वारका रुपमा रहनेछ । यो नेपालगन्जका लागि, लुम्बिनी प्रदेशका लागि र नेपालका लागि उपलब्धिमुलक रहनेछ । यो हामी सबैको लागि खुशीको कुरा हो ।

गत वर्ष ॐ यस वर्ष पनि विभिन्न ११ वटा विधामा स्पर्धा समावेश गरिनेछ । कर्पोरेटतर्फ महिला यसवर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथना ४२१९५ किमी), महिलातर्फ हाफ म्याराथन ( २१ किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कूलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन ८ देखि १२ वर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ स्कुलस्तरीय दौड भने बांके जिल्ल्ला स्तरीय मात्र हुनेछ । केही विधातर्फ नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषण गरिनेछ । सदा यहांहरुको साथ सहयोगको अपेक्षा गर्दछौं। सबैलाई धन्यवाद।

 

प्रकाशित मितिः     २१ कार्तिक २०७९, सोमबार १५:५६  |