भेरी अस्पतालमा मोबाइल बैंकिङबाट भुक्तानी हुने,अभिनेता दयाहाङ पहिलो सेवाग्राही


नेपालगन्ज – भेरी अस्पतालमा अब क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । अब तपाईहरुले कुनै पनि मोबाइल बैंकिङ र पेमेन्ट गेटवे (इसेवा र खल्ती आदि) स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिने भएको हो ।

डायनामिक क्युआर राखिएको छ । ग्राहकले बिलको रकम सजिलै स्क्यान गरी भुक्तानी गर्न सकिने र ठूलो रकम तिर्न समस्या हुने छैन भने खुद्रा लिन र दिन झन्झट पनि हुँदैन ।

नेपाली चलचित्रका अभिनेता दयाहाङ राई पहिलो ग्राहक बनि यो सेवाको प्रयोग सुरु गर्नुभयो ।

प्रकाशित मितिः     २० मंसिर २०७९, मंगलवार १९:०२  |