‘जाेगले भेट हुँदा’संगीतमय बन्याे नेपालगन्ज


नेपालगन्ज – दर्शकको भब्य उपस्थितीका बीच नेपालगन्ज रंगशालामा ‘नेपथ्य लाइभ कन्सर्ट’ सुरु भएको छ । मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रम अन्तरगत कन्सर्ट आयोजना गरिएको हो । नेपथ्य एक दशकपछि नेपालगन्जमा आएको हो । नेपथ्याकाे गित जाेगले हुन्छ भेेट मायाले हुन्छ सम्झना भने झै धेरै पछिकाे सागितिक कार्यक्रममा नेपालगन्ज झुमेको छ ।

नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा आश्रमले कन्सर्ट आयोजना गरेको हो । नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले स्टेजमा आफ्ना गीतहरु प्रत्यक्ष रुपमा प्रस्तुत गरिरहेका छन् । गायक गुरुङसँग नेपालगन्ज रंगशालामा दर्शकहरु रमेका छन् । कन्सर्ट अवलोकन गर्नका लागि टाढा टाढाबाट पनि दर्शकहरु आईपुगेका छन् । गायक गुरुङले माया, प्रेम लगायत मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु पनि प्रस्तुत गर्नेछन् ।

सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ उक्त कन्सर्ट आयोजना गरिएको कन्सर्टका मुल समिति संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।
आश्रमले नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १० मा घर भाडामा लिएर गत बैशाख १ गतेबाट सेवा सञ्चालन गर्दै आएको छ । उक्त आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।
दानवीर एवं समाजसेवी जेके सिंहले मानवसेवा आश्रमको भवन निर्माणका लागि बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया सुरु हुन लागेको छ ।

प्रकाशित मितिः     २९ मंसिर २०७९, बिहीबार १९:२१  |