कृषि उत्पादनमा जुटेका रामघाटका कृषकलाई अमेरिकी राजदुतको प्रशंसा


नेपालगनन्ज- नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले सुर्खेत रामघाटका कृषककाे प्रशंसा गरेका छन् । अमेरिकी राजदुत पश्चिम भ्रमणकाक्रममा रामघाट पुगेका थिए । रामघाटस्थित भेरीगङ्गाका किसानहरूले अहिले राम्रो उत्पादन गरिरहेका छन्, जसको आंशिक श्रेय नेपाल सरकार र युएसएआईडी बिचको साझेदारीलाई जान्छ ।

राजदूत थम्पसन र युएसएआईडी नेपालका निर्देशक सेपिडे केभान्शाडले स्थानीय समुदायसँग कुराकानी गरी उनीहरूले खेतीका लागि प्रयोग गरिरहेका ब्रिकेट मलजस्ता नौला विधिहरूबारे जानकारी लिनुभयो ।

यस्तै  नेपालगन्ज आइपुग्नुभएका राजदुत थप्सनले रेडियो कृष्णसार एपएमको अवालेकन गर्दै उहाँसंग लिइएको विशेष अन्र्तवार्तामा उहाँले नेपालमा सूचना, प्रविधी र अंग्रेजी भाषाका विषेश कार्यक्रम ल्याउने तयारी भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा धेरै काम गर्न अझ बाँकी छ, यहाँका सडक, जलविद्युत, हाइड्रोपवर, विभिन्न साना तथा मझौला उद्योगको विकास गर्न विशेष जोड दिनुभयो ।

उहाँले नेपालमा संचालित विभिन्न कार्यक्रमले समुदायस्तरका नागरिकमा राम्रो परिवर्तन ल्याएको उदाहरण भ्रमणका क्रममा भेटिएको भन्दै समाबेशीताको कुरामा सुधार भएको छ भने सिमान्तकृत तथा अल्पसंख्यक समुदायलाई पनि थप सहयोग पुगेको छ, भन्नुभयो ।

राजदुत थम्पसनले अमेरिकाले अब निजी क्षेत्रहरुको सहकार्यमा लगानी गर्ने तयारी रहेको जानकारी गराउदै भन्नुभयो, “नेपाल एउटा विकसित मुलुकहरुमा पछि परेको छ, विकसित देशको सुचिमा पार्नका लागि यहाँको धेरै विकासका पुर्वाधारहरु तयार गर्न बाकी छन, त्यसलाई परा गर्न अमेरिकी सरकारको सहयोग निरन्तर रहनेछ, र एकदिन अवश्य विकसित मुलुकको सूचिमा पनि पर्छ ।”

उहाँले महिलाहरु शसक्तीकरण भई आय आर्जनतर्फ आत्मनिर्भर बनेका छन र अन्य पछि परेका समुदायको पनि पहुँच र सहभागितामा बृद्धि भएको पाइएको बताउनुभयो । दुई महिना अघि मात्र नेपाल आउनुभएका राजदुत थम्पसनले नेपाली कला, संस्कृति, रितिविाज, परम्परा खुबै मन परेको प्रतिक्रिया दिदै नेपाली खानाहरुको स्वाद पनि राम्रो लागेको बताउनुभयो ।

पश्चिम नेपालको भ्रमणका क्रममा राजदुतको टोलीले कृष्णसार एफएमको अवलोकन गरेको हो । टोलीमा अमेरिकी राजदुत थम्पसन, युएसएआइडी मिसन डाइरेक्टर सेपीदेह किभान्सद, सञ्चार अधिकृत प्ररेणा मरासीनी, आयुषा निरौला लगायत रहनुभएको थियो । अवलोकन पश्चात कृष्णसार एफ एमका समाचार प्रमुख राकेश कुमार मिश्रले एमएमका विभिन्न पक्षका बारेमा जानकारी गराउनुभएको थियो ।

 

प्रकाशित मितिः     ३ पुष २०७९, आईतवार १६:२८  |