सनराइज बैंकका ग्राहकले नेपालगन्जस्थित थाेपा प्रयाेगशालामा २०% छुट पाउने


नेपालगन्ज – सनराइज बैंकका सम्पूर्ण ग्राहकहरुले नेपालगन्जस्थित थोपा प्रयोगशालामा गरिने हरेक ल्याब परिक्षणमा २०% छुट पाउने भएका छन् ।

यस सम्बन्धमा बुधबार बैंक र प्रयोगशालाबिच सम्झौता भएको बैंकका कर्मचारी गाेपाल ओलीले बताए । यसबाट आफ्ना सेवाग्राहीले सहज प्रयोगशाला सेवा पाउने बैंकले जनाएको छ ।

प्रकाशित मितिः     २२ चैत्र २०७९, बुधबार १९:१०  |