संघकाे महासचिवमा रानाभाट सदर,बिराेधमा आन्दोलन


नेपालगन्ज/  नेपालगन्ज उद्योग संघको निर्वाचन समितिले महासचिवमा पदमा भिम बहादुर रानाभाटलाई सदर गर्ने निर्णय गरेकाे छ । पुन मतगणनाका लागि दोस्रोपटक म्याद थपेका प्रमुख निर्वाचन अधिकृत टिकाजंग सिहले नै रानाभाटलाई महासचिवमा सदर गर्ने निर्णय शुक्रबार सुनाए ।

महासचिवका अर्का उम्मेदवार टंक शर्माले पुन मतगणनाकाे माग गर्दै आएपछि सिह नेतृत्वकाे निर्वाचन समितीले पुन मतगणनाकाे निर्णय गर्दै दुईपटक सम्म म्याद थपेकाे थियाे । तर शुक्रबार निर्वाचन समितिले रानाभाटलाई महासचिवमा सदर गरे । रानाभाटले जायज निर्णय आएको बताए ।

६ मतले विजयी घोषणा गरिएका रानाभाट नै कायम हुने निर्वाचन आयुक्तको कार्यालयले निर्णय लिएको हो ।
निर्वाचन समितिको निर्णय विरुद्ध टंक प्रसाद शर्मा कानुनी उपचारमा जाने भएका छन् । पुनः मतगणना गर्ने आफ्नै निर्णय विरुद्ध निर्वाचन समिती गएको भन्दै आश्चार्य प्रकट गरे । त्यस विरुद्ध अदालत जाने उनले बताए ।

यता विवादित बनेको महासचिव पदको मतगणना गर्न ढिलाई गरेको भन्दैं साझा प्रजातान्त्रिक उद्योगी व्यवसायिहरुको समुहले नेपालगन्ज उद्योग वाणिज्य संघमा तालाबन्दी गरेको छ ।

महासचिव पदको आफना उम्मेदवार शर्मालाई सुनियोजित तरिकाले पराजित गरिएको भन्दैं त्यसको बिरुद्धमा शुक्रबार साझ संघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको हो ।

प्रकाशित मितिः     ९ भाद्र २०८०, शनिबार ०७:१६  |