नेपालगन्जमा किड्स क्याप्टिल, मिस एन्ड मिस्टर मोडेल अफ बाँके हुँदै


बाँके १५ भदाै । नेपालगन्जमा शनिबार किड्स क्याप्टिल, मिस एन्ड मिस्टर मोडेल अफ बाँकेको पहिलो अडिसन हुँदैछ । नेपालगन्जको सायना क्याफेमा बिहान १० देखि १ बजे सम्म अडिसन चल्ने आयोजक ब्राइट इभेन्ट म्यानेजमेन्ट प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । इभेन्ट्सको दोस्रो चरणको अडिसन १० दिन पछि हुनेछ भने फाइनल राउन्ड असोज २२ गते हुनेछ ।

शनिबार सायना क्याफेमा हुने अडिसनको किड्स तर्फका सहभागिलाई दुइ वटा उमेर समुहमा विभाजन गरिएको छ । ४ देखि ८ वर्ष सम्म र ८ वर्ष देखि १४ वर्ष उमेर समुहका बालबालिकाले अडिसनमा भाग लिन पाउनेछन्।

यसैगरी मिस एन्ड मिस्टर मोडेल अफ बाँकेमा १६ देखि २३ वर्ष पुगेकाले सहभागिता जनाउन पाउने आयोजकले बताएको छ ।

आयोजक ब्राइट इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष राजन बुढाक्षेत्रीले नेपालगन्जमा हुने लागेको पहिलो राउन्ड अडिसनको तयारीबाट आफुहरु निकै उत्साही भएको बताए । विभिन्न चरण हुँदै विजेता हुनेले बाँकेको प्रतिनिधित्व गर्ने छन् ।

आयोजक ब्राइट इभेन्ट म्यानेजमेन्ट प्रालिका अध्यक्ष राजन बुढाक्षेत्रीले नेपालगन्जमा हुने लागेको पहिलो राउन्ड अडिसनको तयारीबाट आफुहरु निकै उत्साही भएको बताए । विभिन्न चरण हुँदै विजेता हुनेले बाँकेको प्रतिनिधित्व गर्दै काठमाडौं र विदेशमा हुने अन्य प्रतिस्पर्धामा पनि सहभागिताको अवसर पाउने बुढाथोकीले पत्रकार सम्मेलनमा बताए ।

किड्स क्याप्टिल, मिस एन्ड मिस्टर मोडेल अफ बाँकेको स्थानीय आयोजकको रुपमा शैलजा शाहले जिम्मेवारी पाएकी छिन् । इभेन्ट्समा मोडेल तथा कलाकार सिलास्मा हमालले मुख्य प्रायोजन गरेकी छिन् । आयोजक ब्राइट इभेन्टले धनगढी, सिरहा, दाङ, काठमाडौंमा पनि इभेन्टको आयोजना गर्दै आएको छ ।

नेपालगन्जमा हुने इभेन्टसको विजेताले मिस्टर मोडेल अफ वल्ड नेपाल, मिस टिन इन्टरनेशनलमा बाँकेको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । यसैगरी किड्स तर्फको विजेताले किड्स क्याप्टिल वल्डमा भाग लिन पाउनेछन् ।

प्रकाशित मितिः     १५ भाद्र २०८०, शुक्रबार १७:५०  |