नेपालगन्ज । आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको छाता संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) अध्यक्षमा सुजन ओली ओली निर्वाचित भएका छन्। उनी क्यापिटल नेपाल अनलाइनमा कार्यरत छन् ।
सेजनको शनिबार सप्पन्न २५औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।
ओलीले ९९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी शिरोमणि ढुंगानाले ९६ मत प्राप्त गरे। सेजन उपाध्यक्षमा विनय बन्जारा निर्वाचित भए।
महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै सचिवमा सोभित थपलिया र कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यमा केशु लामिछाने, हेमन्तराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित भएका छन्। निर्वाचनमा कूल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो।