पश्चिमकाे आर्थिक मुद्दामा बहस हुँदै,गोपी हमालदेखि सेवा पाठकसम्म आउने


नेपालगञ्ज – पश्चिम नेपालको खेल–पर्यटनको प्रर्वधन गरिरहेको नेपालगन्ज म्याराथनले यस वर्षदेखि म्याराथन सँगै ‘नेपालगन्ज कन्क्लेभ’ आयोजना गर्ने भएको छ । याे पटक पश्चिमकाे आर्थिक मुद्दा बहस हुँदैछ ।

उक्त बहसमा प्रदीप छाजेड (सिइओ,केएल दुगड ग्रुप), दीपकराज जोशी (पुर्व सिइओ, नेपाल पर्यटन बोर्ड, कार्यकारी निर्देशक (नेपाल उद्योग परिसंघ)
गोपी हमाल, (मेयर धनगढी उपमहानगरपालिका )
सेवा पाठक, (सिइओ : भायानेट) सहभागी हुँदै छन् ।
मोडरेटरका रुपमा डा. ओम मिश्र (प्रबन्ध निर्देशक, मेरो प्लानेट) रहने छन् ।

म्याराथनको बौद्धिक वार्मअपका रुपमा आयोजना हुने कन्क्लेभमा खेलकुद मात्र नभई समाज, अर्थ–राजनीति, साहित्य र सम्भावनाको विचार विमर्श हुने आयोजकले निकालेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
८ मंसिर २०८० मा कन्क्लेभ आयोजना हुनेछ भने ९ मंसिरमा म्याराथनको नवौं संस्करण हुनेछ ।

कन्क्लेभ २०२३ मा उद्यमशीलता, खेलकुद्, महिला सशक्तिकरण, साहित्य, युवा रोजगारलगायत विविध विषयका ६ वटा सत्र हुने म्याराथनका संसणथापक टिएस ठकुरीले जानकारी दिए।

कन्क्लेभका सत्रहरुः
१. पश्चिम नेपाल : उद्यमशीलता, पर्यटन र रोजगारी
प्रदीप छाजेड (सिइओ,केएल दुगड ग्रुप)
दीपकराज जोशी (पुर्व सिइओ, नेपाल पर्यटन बोर्ड, कार्यकारी निर्देशक : नेपाल उद्योग परिसंघ)
गोपी हमाल, मेयर धनगढी उपमहानगरपालिका
सेवा पाठक, सिइओ : भायानेट
मोडरेटर : डा. ओम मिश्र (प्रबन्ध निर्देशक, मेरो प्लानेट)

२. खेलकुदसँग टुटेको कडी : शिक्षा, स्वास्थ्य र खेलकुद्
चुडामणि पौडेल (प्रमुख सचिव, कर्णाली प्रदेश)
शशी स्वाँर (स्कुल सञ्चालक, एबीसी स्कुल)
डा विकास नेपाल (मुटुरोग विशेषज्ञ)
सन्तोषी श्रेष्ठ (एथलिट, स्वर्ण पदक विजेता १३ औं दक्षिण एशियाली खेलकुद)
मोडरेटर : प्रकाश तिमल्सिना (सम्पादक हाम्रो खेलकुद डट कम)

३. आकाश धर्ती बराबरी : महिला सशक्तीकरण
क्या. भावना पन्त (नेपाल एयरलाइन्स अन्तर्राष्ट्रिय उडानमा पहिलो पाइलट)
पूर्णिमा श्रेष्ठ (पर्वतारोही, सगरमाथा, माउन्ट केटु, धौलागिरी, अन्नपुर्ण, अमादब्लम, मनास्लु)
श्रृच्छा प्रधान (मिस नेपाल वल्र्ड २०२३)
पार्वती थापा (पहिलो नेपाली महिला ओलम्पियन)
मोडरेटरः मोहना अन्सारी (पुर्व सदस्य, राष्ट्रिय मानव अधिकार आयोग)

४. नेपाली आख्यान : के पढ्ने के लेख्ने
नयनराज पाण्डे (साहित्यकार लेखक– उलार, यार, सल्लीपिर)
सुविन भट्टराई (साहित्यकार, लेखक–समर लभ, साया, सुफी, इजोरिया)
विवेक ओझा (साहित्यकार, लेखक– ऐंठन(मदन पुरस्कार विजेता)
सुरक्षा पन्त (अभिनेत्री)
मोडरेटर : जनक नेपाल (सम्पादक, शिलापत्र डट कम)

५. स्वदेशमै सम्भव छ : युवा उद्यम र रोजगार
उपासना पौडेल (सिइओ, हिमालय रिइन्स्योरेन्स)
सहारा जोशी (अध्यक्ष, युवा उद्यमी संघ)
तिर्थ थापा (डाइरेक्टर, डल्फिन ग्रुप)
सचिन ढकाल (आईएमइ ग्रुप)
मोडरेटर : डा. नितेश कनोडिया (निर्देशक, नेपालगन्ज मेडिकल कलेज)

६. अभिनेता राजेश हमालसँग संवादः समाज, सिनेमा र साहित्य
मोडरेटर : केशव सिग्देल (सहप्राध्यापक, त्रिभुवन विश्वविद्यालय)

प्रकाशित मितिः     १ मंसिर २०८०, शुक्रबार ०७:५८  |