जहाँ सुर्ती,चामल झैं भारतबाट दैनिक दूधको तस्करी हुन्छ


नेपालगन्ज । कपडालत्ता र खाद्यन भारतबाट तस्करी भएर नेपाल भित्रिन्छ भन्ने त सबैले देखे सुनेकै हो । तर बा“के र बर्दिया जस्तो सीमावर्ती जिल्लामा दुधको समेत दैनिक तस्करी हुने गरेको छ ।

चोरीपैठारी नियन्त्रण गर्न बसेका निकायको लाचरीका कारण भित्रिएको भारतीय दुधका कारण यहा“का कृषकले उत्पादन गरेको दुध विक्री नभएर ‘मिल्क होलीडे’ गर्नुपर्ने अवस्था आएको दुग्ध व्यवसायी संघ बा“केका अध्यक्ष दिपकराज भण्डारीले बताए ।

अध्यक्ष भण्डारीका अनुसार, भारतीय दुधको तस्करीमा संगठित गिरोह नै सक्रिय छ । सीमावर्ती भारतीय गाउ“मा ठेकेदारहरुले जम्मा गरेको दुध एकाबिहानै भारतीय मोटरलाईकल र साईकलमा क्यारिङ्ग गर्नेहरुले नाका कटाएर नेपालका सीमापर्ती गाउ“मा ल्याइपुर्याउ“छन् । त्यसरी भित्रिएको दुध नेपाली दुधका विक्रेताहरुले नेपाली दुधमा मिसाएर बजार पठाउ“छन् ।

उक्त दुग्धको नेपाल सरकार, स्थानीय सरकार, पशु क्वारेन्टाइन कार्यालय, भन्सार कार्यालयसंग सूचना माग गर्दा कुनै अधिकारिक तथ्याङ्क नभएको दुग्ध व्यवसायी संघ बा“केका अध्यक्ष भण्डारीले जानकारी दिए ।

‘भारतबाट सरदर दैनिक ६००० देखि ८००० लिटर दुध भित्रिने गरेको जिल्ला दुग्ध व्यवसायी संघ बाकेको अध्ययनले देखाएको छ ।’ भण्डारीले भने,–‘उक्त अध्ययन अनुसार बा“के जिल्लामा हाल २४ हजार लिटर दूध दैनिक उत्पादन हुने गरेको छ भने छिमेकी जिल्ला बर्दियाबाट ७ हजार लिटर दुध बा“केमा आएको छ ।’ यसरी जम्मा ३७ हजार लिटर दुध दैनिक बा“केमा आउने गरेको देखिन्छ ।

बा“केमा जम्मा दूधको खपत २२ हजार लिटर रहेको अध्ययनले देखिन्छ भने ७ हजार लिटर दूध दैनिक बा“केबाट अन्य जिल्लामा पठाएको छ । ‘यसरी दैनिक ८ हजार हजार लिटर दुग्ध बा“केमा बढी भएको देखिन्छ । यो बढी भएको दुधलाई व्यवस्थापन गर्न समस्या परेको छ जसले गर्दा बा“केका किसानहरुले उत्पादन गरेको दुध विक्री हुन नसकेर मिल्क होलि डे भएको छ ।’

अन्य सामान जस्तै क्यारिङ्ग गरेर सीमावर्ती गाउ“मा दुध भित्रिन्छ । त्यसरी भित्रिएको दुध नेपाली दुग्ध विक्रेताले नै नेपाली दुधसंग मिसाउ“छन् अनि त्यो दुध बजारसम्म आइपुग्छ । कतिपय क्यारिङ्ग गर्नेले मिठाईपसलदेखि घरसम्म अवैध दुध ल्याइदिने गरेको पाइन्छ ।

भारतीय अवैध दुधबाट वाक्कदिक्क बनेका व्यवसायीहरुले नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन् । उनीहरुले जिल्ला प्रशानि कार्यालय बा“केलाई ज्ञापनपत्र बुझाउ“दै स्वास्थ्यको लागी गुणस्तरिय दूध तथा दुग्ध जन्य पदार्थ खानु पर्ने भए पनि सस्तोको नाममा बजारमा अवैध रूपमा भित्रिने भारतीय कम गुणस्तरको दुधको बिक्रि बितरण भैरहेको उल्लेख छ । मापदण्डपुरा गरि गुणस्तरिय र वैधानिक रूपमा दुग्ध पदार्थ विक्रि बितरण गर्ने व्यवसायीलाई मर्का परेको देखिन्छ जसले गर्दा नेपाली कृषकहरुले उत्पादन बजार नपाएर मिल्क होलिडे भइरहेकोप्रति ध्यानार्कषण गराइएको छ ।

खुल्ला सिमाना भएका कारण भारत तर्फबाट अवैध रुपमा सहजै आयात हुने खुल्ला दुध तथा दुग्ध जन्य पदार्थको गुणस्तरिता जांच नभई आयात भई विक्रि वितरण कार्यले गुणस्तरिय वस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार हनन् भइरहेको उल्लेख छ ।

नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी बजारमा विक्रि वितरण भै रहेको दुध र दुग्ध जन्य पदार्थले अस्वस्थ्य प्रतिस्पर्धालाई बढावा दिन मद्धत पुयाएको बताउ“दै व्यवसायीहरुले यस्तो कार्यलाई निरुत्साहित गर्न माग गरेका छन् ।

भारतीय बजारबाट भारतीय नम्बर प्लेटका मोटरसाइकल र साइकल मार्फत विक्रि वितरण गरिएको दूध र दुग्ध जन्य पदार्थको गुणस्तरीयतामा कुनै पनि निकायले ध्यान दिएको नदिइएको भन्दै यसरी भारतीय मोटरसाइकल अवैध रुपले नेपालमा आउने गरेकोले सम्बन्धित निकायस“ग यसलाई रोक्न माग गरिएको छ ।

प्रकाशित मितिः     २५ मंसिर २०८०, सोमबार १८:२८  |