नेपालगन्ज -पाेखरा ‘टुरिजम कनेक्टिभिटी’ का लागि बृहद छलफल


नेपालगन्ज । आइतबार नेपालगन्ज -पाेखरा ‘टुरिजम कनेक्टिभिटी’ का लागि बृहद छलफल भएको छ । पर्यटन बाेर्ड गण्डकी र हाेटल संघ पाेखराले शुरु गरेकाे जाउँ है पोखरा अभियानले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उक्त छलफल भएको हाे ।

हाेटल संघ बाँकेका शाखाका बरिष्ठ उपाध्यक्ष केशव न्याैपानेका अनुसार यहाँका पर्यटनक्षेत्रसंग सम्बन्धित व्यक्तिहरुसंग अन्तरक्रिया गरियाे जहाँ नेपालगन्ज र पाेखराबीच नेपालगन्ज -पाेखरा ‘टुरिजम कनेक्टिभिटी’ बढाउने उपायका बारेमा विभिन्न क्षेत्रका व्यक्तिले आ-आफ्नो धारणा सार्बजनिक गरेका छन् ।

कोभिड-१९ को महामारी, आर्थिक मन्दीलगायत कारणले प्रभावित पोखराको पर्यटनलाई पुनः चलायमान बनाउने उद्देश्यका साथ आगामी पुस ४ गतेसम्म पश्चिम नेपालका विभिन्न सहरमा प्रवर्धनात्मक कार्यक्रम गरिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

पोखराका पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित २० सदस्यीय टोली अभियानमा सहभागी छन् । अभियानले पर्यटनमा साझेदारी बढाउँदै पर्यटकीय गतिविधि वृद्धिमा योगदान गर्ने विश्वास पोखराका पर्यटन उद्यमीले गरेका अध्यक्ष सुवेदीले बताए।

अभियानअन्तर्गत भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा त्यहाँका पर्यटनसम्बद्ध पदाधिकारी, पर्यटन व्यवसायीसँग छलफल एवं गरिने भएको छ। दुुई दशकयता बर्सेनि ‘जाउँ है पोखरा’ अभियान आयोजना हुँदै आएको छ।

प्रकाशित मितिः     १ पुष २०८०, आईतवार ११:३२  |