दसौँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपका लागि बाँकेबाट २० जना खेलाडी सहभागी


नेपालगन्ज । डिसेम्बर १८–२१ गतेसम्म भारतको हैदरावादमा हुने दसौँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपका लागि बाँकेबाट २० जना खेलाडी सहभागी हुँदैछन्। नेपालगन्जमा भएको प्रथम राष्ट्रियस्तरीय मेयर कप स्ट्रेन्थ लिफ्टिङ तथा आइविपी च्याम्पियनसिपबाट ती खेलाडी छनोट गरिएको स्ट्रेन्थ लिफ्टिङ फेडेरेशनका महासचिव जीवन गिरीले बताए ।

उहाँका अनुसार ९५ किलो तौल पुरुष सिनियरतर्फ प्रतीक श्रेष्ठ चयन भएका छन् ने ९५ किलो तौल पुरुषतर्फ अनिल सिंह सिजापति, ७६ किलो तौल पुरुषतर्फ सन्तोषकाजी शाक्य र ८५ किलो तौल पुरुषतर्फ देवेन्द्र सिंह सहभागी हुने छन् ।

त्यसैगरी, ६० किलो तौल पुरुष सब–जुनियरतर्फ मोहम्मद अजाम अन्सारी, ६८ किलो तौल पुरुष सब–जुनियरतर्फ दिलीप थापा, ८५ किलो तौल पुरुष सब–जुनियरतर्फ अमन इद्रिसी, ६० किलो तौल पुरुष सब–जुनियरतर्फ शाहिल कसगर र ८५ किलो तौलभन्दा माथि पुरुष सब–जुनियरतर्फ समीर रेग्मी सहभागी हुने छ ।

८५ किलो तौल भन्दामाथि पुरुष जुनियरतर्फ आस्विनी सोना, ६८ किलो तौल पुरुष जुनियरतर्फ सर्वेश सुनार, ८५ किलो तौल पुरुष जुनियरतर्फ धिरज बुढा, ६८ किलो तौल पुरुष सिनियरतर्फ मोहित गुप्ता, ८५ किलो तौल पुरुष सिनियरतर्फ दीपेन्द्र चन्द ठकुरी, ९५ किलो तौल पुरुष सिनियरतर्फ स्मित केसी र ६८ किलो तौल पुरुष सिनियरतर्फ प्रेम थापामगर सहभागी हुनुहुने महासचिव गिरीले बताए ।

प्रतियोगितामा सहभागी हुन ती खेलाडीहरु भारतको हैदराबादतर्फ प्रस्थान गरिसक्नुभएको पनि गिरीले बताए ।

प्रकाशित मितिः     १ पुष २०८०, आईतवार १३:५१  |