भंसार छलेर नेपाल भित्रा्यएका पाँचवटा गाडी सहित नेपालगन्जका दुई जना काठमाडौंमा पक्राउ


काठमाडौं– प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएका पाँचवटा गाडी नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गाडी नियन्त्रणमा लिएको हो।

नक्कली कागजातहरु बनाएर नेपाल भित्र्याउने र सस्तो दरमा बिक्री गर्ने गरेको गिरोहका तीन जनालाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंबाठ एक जना र नेपालगन्जबाट दुई जनालाई नियन्‍त्रणमा लिएको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका अनुसार नेपालगन्जबाट पक्राउ परेका दुई जनालाई पनि काठमाडौं नै ल्याइएको छ। उनीहहरुलाई विवरणसहित प्रहरीले सार‍्वजनिक गर्ने तयारी गरेको छ।

प्रहरीका अनुसार नेपालगन्जमा रहेका दुई जनाले नक्कली बिलबूक लगायतका कागजात बनाइ गाडी नेपाल भित्र्याउने र काठमाडौंमा रहेका व्‍यक्तिले बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।

प्रकाशित मितिः     १ पुष २०८०, आईतवार १३:५४  |