- सागर गैरेबाट
पहिलो तस्बिर हो दुखराम थारुको । उनको घर कतर्निया बर्दिया हो । उनले घुस्रा, हर्नहवा लगायतका गाउँबाट कागती संकलन गर्छन । गाउँघरमा कसैकोमा दुई वटा ,कसैको घरमा तीन त, कसै-कसैकोमा चार- पाँचवटा सम्म कागतिका बोट हुन्छन ।
थारु भन्छन्,-‘ एक दिन गाउँ घुम्दै कागती टिप्ने हो । अर्को दिन तिनै कागती साईकलमा बोकेर बजार- बजार डुलाउँदै बेच्ने हो । एकपटकमा २५ केजि जति कागती लिएर निक्लिन्छु । सबै कागती उसै दिन सकिन्छ । ’
तस्बिरका अर्का व्यक्ति हुन सुखराम थारु । उनको घर बेलवा बर्दिया हो । उनकाे दैनिक तीस- चालीस किलोमीटर साईकल दौडाउन्छन् । एक दिन कागती खोज्न र अर्को दिन कागती बेच्न । सुखरामले भने महादेवा, राँझा , बेतनी गाउँबाट कागती संकलन गर्छन ।
दुबै जनाले २०- २५ बर्षदेखी यो कामलाई निरन्तरता दिँदै आएका छन् । बर्दियामा कागती बर्षमा दुईपटक फल्दोरहेछ । एउटा सिजन असार देखि साउन – भदौ सम्म हुँदो रहेछ । अर्को सिजन कार्तिक, मङ्सिर देखि पुस महिनाको हुँदो रैछ ।
बर्दियामा ब्यवसायिक कागती खेती गरेको पाईदैन ।
घरमा खानको लागि दुई चार बोट लगाउने चलन आमरुपमा देखिन्छ । रसिलो र बास्नादार कागतिको बजारमा ठूलो माग छ । बर्दियामा दुखराम र सुखराम जस्तै दुई तीन दर्जन ब्यापारीले २०/२५ बर्षदेखी यो काम गर्दै आएका छन् ।