गहुँको समर्थन मूल्य प्रति क्वीन्टल ३६५० निर्धारण


१२ पुस, काठमाडौं । सरकारले यस वर्षका लागि गहुँको समर्थन मूल्य प्रति क्वीन्टल ३६५० निर्धारण गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गहुँको समर्थन मूल्य निर्धारण गरेको मन्त्री रेखा शर्माले जानकारी दिइन् । यो मूल्य गत वर्षको भन्दा प्रतिकिलो ३ रुपैयाँ बढी हो ।

गत वर्ष सरकारले फागुनमा गहुँको समर्थन मूल्य तोक्न प्रतिक्वीन्टल ३ हजार ३५१ रुपैयाँ तोकेको थियो । जुन प्रतिकिलो ३३.५१ रुपैयाँ पर्थ्यो । यस वर्ष भने प्रतिकिलो ३६.५ रुपैयाँ पर्नेछ ।

प्रकाशित मितिः     १२ पुष २०८०, बिहीबार २०:१०  |