रैथाने सामाग्रीको उत्पादनमा महिला सहभागिता बढ्दो


बाँके २५ पुष । रैथाने बस्तु तथा सामाग्रीको उत्पादन र प्रर्बद्धनमा महिलाको सहभागिता बढ्दै छ । तर त्यसलाई प्रोत्साहन कतैबाट सहयोग हुन नसकेको उनीहरुको गुनासो छ । अल्लोको कपडा बनाउन होस् चाहे हस्तकला उत्पादन † ठेट नेपाली सामाग्रीको उत्पादनमा महिलाको अग्रसरता उदाहरणीय छ ।

मंगलवारदेखि नेपालगन्जमा शुरु भएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आठौं संस्करणका महिला उद्यमीले मिसन टुडेसंगको कुराकानीमा एकै स्वरमा भने,—‘हराउँदै गएको ठेट घरेलु सामाग्रीको उत्पादन र प्रर्बद्धन महिलाको मात्रै जिम्मा हो झैं भएको छ । यसको समाज र सरकारका तर्फबाट उचित मुल्यांकन हुनुपर्छ ।’ रुकुम पूर्वबाट अल्लोका उत्पादन बेच्न आएकी दिलमाया पुनले भनिन्,—‘तर खै † कसैले वास्ता गर्दैनन् ।’

वर्षौदेखि थारु समुदायमा प्रचलित हस्तकला उत्पादन र प्रर्बद्धन गर्दै आएकी निरु चौधरीका अनुसार, रैथाने बस्तु तथा सामाग्रीको उत्पादनमा महिला सहभागिता ज्यादा छ । ‘आर्थिक सशक्तिकरणका सवालमा अहिले पनि महिला माथि विभेद छ । जे जसरी महिलाहरु उदाइरहेका छन् त्यो पनि घरेलु र रैथान सामाग्री उत्पादनमा केन्द्रीत छ । हराइसकेका सामाग्रीको उत्पादनमा महिलाको यस्तो अग्रसरता प्रेरणादायी तर ठूलो व्यवसायिक आकार लिन चुनौती छ ।’— चौधरीले भनिन् ।

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको उद्घाटन गर्दै नेपालगन्जका नगरप्रमुख प्रशान्त बिष्टले महिलाले उत्पादन गरेका सामाग्रीको बजारीकरणका लागि पहल गर्ने बताए । उनले भने, ‘महिलाहरुलाई व्यवसायक्षेत्रमा कसरी संग्लन गराउने र कसरी उहाँहरुले उत्पादन गरेका सामाग्रीको बजारिकरणमा साथ र सहयोग गर्छौ । ’ तृतिय उपाध्यक्ष बसन्ती प्रधानले महिलाका उत्पादनलाई सरकारी निकायले साथ दिनुपर्ने बताइन । महिला उद्यमी संघ नेपाल बाँकेले महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्दै महिलाहरुको रहेको सीप, क्षमता र शंक्तिलाई देशको आर्थिक विकासमा रुपान्तरण गर्ने उद्देश्य लिएर प्रदर्शनी आयोजना गरेको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले बताइन ।

स्थानीय उत्पादन र महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरणमा प्रर्दशनीले सहयोग गर्ने अध्यक्ष बस्नेतले बताइन । पुष २४ देखि २८ गते सम्म नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वारी मन्दिर परिसरमा प्रदर्शन भइरहेको छ । प्रदर्शनीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका जिल्लाबाट महिला उद्यमीहरुको उत्पादनहरु प्रदर्शनमा राखेका छन् ।

प्रदर्शनमा विशेष गरी स्थानीय स्तरमा महिला उद्यमले संचालन गरेको उद्योगबाट उत्पादिन कृषि उत्पादन, कपडाहरु, खाद्यन्न तथा परिकार, हस्तकलाका सामाग्री, काठबाट बनेका वस्तुहरु, पत्थरबाट गर—गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्ट प्रवद्र्धन स्टल लगायतका सामाग्रीहरुका स्टल प्रदर्शनीमा रहनेछन् । यस पटक ६५ वटा भन्दा बढी स्टल प्रदर्शनी स्थलमा रहेका छन् ।

 

प्रकाशित मितिः     २५ पुष २०८०, बुधबार १३:४३  |