सहकारी ठग्नेलाई अधिकतम ५ बर्ष कैद र २५ कराेडसम्म बिगाे भराउन आदेश


नेपालगन्ज । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना सम्बन्धी मुद्दामा दोषी ठहर गरेका १९ जनालाई बाँके जिल्ला अदालतले बिहीबार सजाय ताेकेकाे छ । न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले अधिकतम पाँच सजाय बर्ष कैद,जरिवाना कायम गर्ने आदेश गरेकाे हाे ।
आदेश अनुसार सहकारीका पुर्व अध्यक्ष हरदेव बक्स चाैधरी र अम्बर बहादुर खड्कालाई पचास हजार जरिवाना सहित पाँच/पाँच बर्ष कैद भएको छ ।

त्यस्तै सिद्दी कुमार महर्जनलाई दुई बर्ष छ महिना,रवीन्द्र कुमार थापालाई तीन वर्ष,स्थिरमणि बज्राचार्य र लिला शाहलाई एक एक बर्ष,तुषार शाह दुई बर्ष,सन्दिप शर्मा एक बर्ष,ओमप्रकाश चौधरी दुई बर्ष,शारदा थापा एक बर्ष,गाेपाल भण्डारी,गंगाधर सुवेदी,अरुण कुमार पाठक,सुर्य बहादुर बिक,लिलाप्रशाद ओली,बलराम यादव चारवर्ष,सुरतराम खटिक पाँच बर्ष,गाैरव श्रेष्ठ चार बर्ष र किरण श्रेष्ठलाई पाँच बर्ष कैद ताेकिएको छ । उनिहरुलाई जरिवाना सहित बिगाे समेत बुझाउन आदेश गरिएको छ ।

प्रकाशित मितिः     २७ पुष २०८०, शुक्रबार ०६:१९  |