नेपालगन्ज । स्वदेशमा उत्पादन नभएपछि भारतबाट ठुलो मात्रा बदाम ममफलि आयात भइरहेकाे छ । बदाम ममफलि आयातमै कराेडाै रुपैयाँ बिदेशिएको तथ्य सार्वजनिक भएको हाे ।
पश्चिम नेपालकाे प्रमुख नाका नेपालगन्ज भंसारबाट मात्रै चालू आर्थिक बर्ष २०८०/८१ काे पुस मसान्तसम्म रु १४ कराेड ७७ लाख ८३ हजारकाे १३ लाख २० हजार ९ सय ८३ किलाेग्राम बदाम ममफलि आयात भएको छ । गत आर्थिक बर्सको यहि अवधिमा रु ८ कराेड ४५ लाख मूल्य बराबरकाे बदाम ममफलि आयात भएको थियाे । बदाम ममफलिमा यतिका पैसा बिदेशिदा चालू आवमा यसैबाट मात्रै सरकारलाई रु १ कराेड ३३ लाख भंसार राजश्व प्राप्त भएको थियाे । नेपालगन्ज नाका हुँदै आयात भएको बदाम ममफलि नेपालगन्ज सहित विभिन्न ठाउँमा खपत हुन्छ ।।
नेपालमा ममफलिकाे उत्पादन सामान्य र परम्परागतरुपमा हुँदै आएको छ । व्यवसायिक हिसावले उत्पादन गर्न कुनै प्रोत्साहन छैन । जसका कारण बदाम ममफलि आयातमै कराेडाै रुपैयाँ बिदेशिन्छ । बाँकेकाे राप्ती नदि किनारकाे बगरमा ममफलि खेति त हुन्छ तर त्यसले बजारकाे सानाे हिस्सा पनि ओगट्दैन । पहाडमा उत्पादन हुने रैथाने ममफलि उत्पादन त लाेप हुने अवस्थामा पुगिसकेको छ । सबै तहका सरकारले यसकाे उत्पादन र बजारिकरणमा ध्यान दिने हाे भने बदाम ममफलिका नाममा पैसा बिदेश जान राेकिन्थ्याे कि ?