कृषकका प्यारा कृषि प्रमुख


नेपालगन्ज । कार्यालयकाे काम सकेपछि पनि कृषकका खेतमा पुगेर यसरी कृषिका बिषयमा गफिनु एकराज ओलीका लागि दैनिकि बनेकाे छ ।

बर्दियाको मधुवन नगरपालिकाकाे कृषि शाखा प्रमुख ओली गाउँमा कृषक र गाउँका रैथाने उत्पादन युट्युव र फेसबुक मार्फत देश दुनियामा पुर्याउने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । मधुवन- ९ कै स्थानीय ओलीलाई अन्य सरकारी कर्मचारी जस्ताे डिउटि पूरा गरेपछि हाइसन्चाे हुँदैन ।

दिनभर कार्यालयकाे काम सके पछि पनि कृषि कर्ममा निरन्तर जुटिरहनुहुन्छ । उहाँले आफै १८ कठ्ठा जमिनमा खेति किसानी गरिरहनुभएको छ भने अरु कृषककाे खेत खेतमा पुगेर सरसल्लाह दिइरहनुहुन्छ ।

ओलीको ब्यस्तता यति मै सकिँदैन । खेति किसानिकाे भिडियाे खिचेर फेसबुक र युट्युवमा हाल्नुहुन्छ । विशेष गरि स्थानीय रैथाने बालिहरु आलु,सिमल तरुल, अनदि धान, लसुन, लसुन जस्ता कृषि उत्पानका बारेमा अरुलाई जानकारी दिनुहुन्छ । यसाे गर्दा स्थानीय उत्पादनकाे बजारिकरणमा फाईदा पुगेकाे छ । थारु आलुको ब्राण्डिङले त यसकाे बिक्रि बितरण धेरै बढाएको छ । उहाँ आफैले थारु आलु लगाउनुभएको छ भने अरुलाई पनि थारु आलु लगाउन प्रोत्साहन गरिरहनुभएको छ ।

बजारिकरण गरेका कारण थारु आलुको माग बढेकाे छ । एउटा सरकारी कर्मचारीले गर्ने प्रेरणादायि कामले समाजलाई कति फाइदा पुर्याउछ भन्ने उदाहरण बन्नुभएका ओलीले नेपालका कृषक र कृषिकाे समस्या मात्रै होइन सम्भावनाका बारेमा स्थानीयसंग भलाकुसारि गर्नुहुन्छ ।

प्रकाशित मितिः     १५ माघ २०८०, सोमबार ०८:१५  |