एक हजार बिगाहा बगरमा तरभुज खेती गरिरहेका शाहिद


नेपालगन्ज । खेतवारी बाँझै राखेर नेपालीहरु पैसा कमाउन बिदेश गइरहेका बेला भारत उत्तर प्रदेशका शाहिद अलि राप्ती नदिकाे सिधनिघाटस्थित एक हजार बिघा भन्दा बढि क्षेत्रफलकाे बगरमा तरभुजा फलाउन दिनरात मिहिनेत गरिरहेका छन् । उनकाे मिहिनेत र बगरमै तरभुजा र तरकारी फलाउने जुक्ति देखेर जाेकाेहि अचम्म मानिरहेका छन् ।

वरपर हरेक वर्ष राप्ती नदीमा आउने बाढीले संयाै बिघा जग्गा बालुवाले भरिएको बगर बनेकाे छ ।
बगर बनेकाे जग्गामा बालुवा बाहेक अर्कोथाेक केही देख्न पाईदैन । यस्ताे अबस्था देखेर कति जग्गा धनीले त जग्गाकाे माया नै मारिसकेकाे अवस्था छ ।

तर यसरी केही उम्रिदैन् भन्दै चटक्क बिर्सिएको बगर शाहिदका लागि भने कराेड पैसा आर्जन गर्ने सपना बनेकाे छ । हजार बिघा भन्दा बढि क्षेत्रमा उनले तरभुजा लगाउन शुरु गरेका छन् । साेचे जस्तै भयाे भने लाखौंकाे तरभुजा राप्तिबगरमा फल्ने छ भने आउँदाे सिजनमा सम्भवत नेपालगन्ज नाका हुँदै तरभुजा आयात गर्न नपर्ने अवस्था आउन सक्छ । शाहिदले नेपालमै सबैभन्दा ठुलाे क्षेत्रमा तरभुजा खेति गरिरहेका हुन् । जसमा मिहिनेतसंगै लगानी पनि जाेडिएको छ ।

 

शाहिदलाई अबको चार महिनाभित्र नेपाली बजारमा यही बगरमा उत्पादन भएको ताजा तरभुजा पठाउँनुछ । त्यसैले कामदार सहित दिनरात मिहिनेत गरिरहेका छन् । बगरमै उनले आठ लाख तरभुजाका बिरुवा तयार गरिसकेका छन्, त्यही नर्सरी बनाएर । त्यो रोप्नका लागि भारतबाटै बिशेष खाले ट्याक्टर मगाएर खाल्डो खनिरहेका छन् । त्यो ट्याक्टरमा दिनकै तीन हजार भाडा लाग्छ । भंसारबाट ल्याउन कम्ता दुःख गर्नु परेन् रे उनले ।

निरन्तर बगरमा तरभुजा फलाउन उनी र उनको परिवार खटिएकै छ । बिजुली छैन् सोलारबाट धिपधिपे उज्यालोमै समय कटेको छ । नदीको बगर छेउमा बिजुली जोडिदिन उनले हारगुहार नगरेका होइनन् तर कसैले सुनेको छैन् । मोवाइल चार्ज गर्न तीन किलोमिटर पर कम्दीमा जानुपर्छ ।

कांक्रा, फर्सीको हरिया बोट देखाउँएर आत्मबिश्वासी हुँदै उनले ,यति आफु सफल भए नेपाल र नेपाली कृषकका लागि पनि उदाहरण हुने बताउँछन् ।

प्रकाशित मितिः     २५ माघ २०८०, बिहीबार ०६:३९  |