स्कुल पाेशाक सिमापार होइन नेपालगन्जमै किन्ने वातावरण बनाउन पहल


नेपालगन्ज २४ माघ । नेपालगन्ज उद्योग वाणिज्य संघकाे पहलमा नेपालगन्जकै गार्मेन्ट उद्योगमा उत्पादन भएका पाेशाक किन्ने वातावरण निर्माणका लागि यहाँका निजि विद्यालसंग छलफल गर्ने भएका छन् ।

बुधवार संघमा व्यवसायीबिच भएको छलफलले उक्त निष्कर्ष निकालेकाे हाे । उक्त भेटघाटमा व्यवसाय बिस्तारमा कठिनाई र बजारिकरणमा देखिएका समस्याहरु बारे व्यापक छलफल गरिएको थियो ।

नेपालगन्ज उउद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीको अध्यक्षता र गार्मेन्टस् उद्योग संघ बाँकेका अध्यक्ष चन्द्र श्रेष्ठ लगायत पदाधिकारी तथा व्यवसायीहरु बिच छलफल गरिएको हो ।

अझ विशेष गरि निजी बिद्यालयकाे समन्वयमा छात्रा तथा छात्रहरुको स्कुल तथा कलेज ड्रेसहरुमा सिमापारीबाट आउने हुंदा त्यसलाई न्युनिकरणकाे पहल गरिने छ ।

प्रकाशित मितिः     २५ माघ २०८०, बिहीबार ०६:४३  |