खजुरामा कर्मचारी असुरक्षित,सुरक्षा माग्दै सिडिओ गुहारे


नेपालगन्ज । काममा खटिएका कर्मचारीलाई वडा अध्यक्ष गरिबे शेषले कुटपिट गरेपछि खजुरा गाउँपालिकाका कर्मचारीले असुरक्षित महसुस गरेका छन् । सुरक्षा माग्दै उनिहरु बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेलाई भेटेका छन् ।

विभिन्न कर्मचारी संगठनले ज्ञापनपत्र बुझाउँदै वडा अध्यक्ष शेष माथि कारबाही र सुरक्षाकाे प्रत्याभुति गराइदिन माग गरेका हुन ।

कर्मचारी संगठनका अनुसार खजुरा गाउँपालिका वडा नं ६ स्थीत भानु मावि. उढरापुरमा खजुरा गाउँपालिका वडा नं ६ को आ.व. ०८०/०८१ को रु २ लाखको विधालयको खेल मैदानमा माटो पटान गर्ने योजनाको कार्य सम्पन्न भएको थियाे । प्रतिवेदनका लागि प्राविधिक मुल्याङ्कन गर्न नाप जाँचका लागि खटिएका प्राविधक लिला राज धामीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं खजुरा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गरिबे शेषले कुटपिट गरेका थिए ।

कर्मचारीले बुझाएको ज्ञापन अनुसार माघ २४ गते अपरान्ह करिव १२ बजेको समयमा माटो पटान भएको खेल मैदानमा नाप जाँच नगरि सम्झौता रकम बमोजिम प्राविधिक प्रतिवेदन तयार गर्न भनि दबाब दिदा प्राविधिकले नाप जाँच नगरि प्रतिवेदन तयार गर्न नसकिने भनि खेल मैदानको केहि स्थानमा खाडल खनि पटान गरिएको माटोको मापन गरिरहेका थिए । त्यहि वेला एक्कासि गालि गलौज गर्दै प्राविधिक धामि माथि मुक्का प्रहार गरि चोट पटक लागेको छ। कार्य स्थलमा कर्मचारी खटिइ कार्यसम्पादन गर्दा असुरक्षित, अमर्यादित तथा अशान्ति पुर्ण व्यवहार पटक पटक सोहि व्यक्तिवाट कर्मचारीले भोग्नु परेको अवस्थामा पुन प्राविधिक धामि माथि भएको अभद्र व्यवहार र कुटपिट प्रति घोर भत्सर्ना गर्दै निज वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेषलाई प्रचलित कानुन बमोजिम हदै सम्मको कारवाहि गर्न माग गरेका छन् ।

साथै खजुरा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयले कर्मचारीलाई शान्ति पुर्ण र सुरक्षित वातावरण भएको प्रत्याभुति नहुन्जेल सम्म कुनै पनि कर्मचारी कार्यस्थलमा नफर्किने व्यहोरा जानकारी गराउदै न्यायोचित रुपमा कार्वाही नभए कर्मचारीहरु चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न वाध्य हुने व्यहोरा बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मितिः     २५ माघ २०८०, बिहीबार २०:३२  |