नेपाल बैंक संचालक सदस्य घिमिरेद्वारा नेपालगन्जस्थित शाखा निरिक्षण


नेपालगन्ज । नेपाल बैंक लिमिटेडकाे संचालक समिती सदस्य साधना घिमिरेले नेपालगन्जमा रहेकाे सिटी अफिस र धम्वाेझी शाखाकाे निरिक्षण गर्नुभएको छ । दुवै शाखाकाे निरिक्षण पछि उहाँले कर्मचारीहरुलाई सेवाग्राहीलाई उत्कृष्ट सेवा दिन निर्देशन दिनुभयाे ।

सेवाग्राहीलाई देवता सम्झिएर सेवा दिन आग्रह गर्दै संचालक सदस्य घिमिरेले बैंकलाई गरिवले समेत आफ्नो हाे भन्ने महसुस गराउन आग्रह गरिन ।

उत्कृष्ट सेवाका कारण नेपाल बैंक स्थापित भएको उल्लेख गर्दै घिमिरेले त्यसमा कुनै कमि हुन नदिन कर्मचारीहरुलाई निर्देशन दिइन । स्मरण रहाेस् नेपाल बैंकको नेपालगन्जस्थित सिटी अफिस पश्चिम नेपालकै बित्तीय संस्था मध्ये  सबैभन्दा पुरानाे शाखामा पर्छ ।

प्रकाशित मितिः     २५ माघ २०८०, बिहीबार १९:२३  |