नेपालगन्ज १२ फागुन । राप्ती नदीको बगरमा सुन खोज्नेका अनेक दुःख छन् । सुन खोज्नेका पीडा कस्ले सुनिदिने ? सुन भेटिने आशमा बालुवा चाल्दै गरेकी रुपा थारु भन्छिन्,–‘खुट्टा पाकेर टेक्नै मिल्दैन । त्यही पनि नदी आउँनै पर्छ ।’
बाँकेको राप्ती नदी बगरमा बर्षौदेखि सुन खोज्न नदीमा पुग्नेहरु धेरै छन् । सुन भेटिएला न भेटिएला तर सुन खोज्नेहरुमा देखिएको स्वास्थ्य समस्या भनिसाध्य छैन् । रुपा भन्छिन्,–‘खुट्टा पाक्ने र ढाड दुख्ने समस्याले हैरान बनाएको छ ।’ अनेक दुःख भए पनि सुन भेटिने आशमा रुपा दैनिक नदी पुग्ने गरेकी छन् ।
आज कति लाल सुन भेटिएला ? नदि जान तयारी गर्दैगर्दा श्रीमतीसंग गफिन्छन् देवम थारु । दिउँसोका लागि नास्ता रोटि,अचार झोलामा प्याक गरिरहेकि उनकी श्रीमती मुसुक्क मुस्कुराउछिन् र भन्छिन– जति भेटिए पनि भेटिएला । जाम
छिटो नदि ।
घरमै बसिरहेका दुवै जना जुरुक्क उठ्छन् अनि सुन खोज्न राप्ती नदितिर लाग्छन्
। बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर छका देवम् थारु सहित उनका छिमेकीले एक दशकदेखि नजिकैको राप्ती नदिमा सुन खोज्दै आएका छन् ।
चिसो पानीमा बालुवा चाल्दै बसेका उनिहरु बालुवा चालेर सुन भेटाउछन् । पुर्ख्यौली पेशा नभए पनि बिगतमा सुन खोज्ने पुर्ख्यौलि पेशाका भएका समुदायबाट सिकेर उनिहरुले सुन खोज्न थालेका हुन । नदिमा सुन भेटिन्छ,भेटिएको सुन बजार मुल्य अनुसार बिक्रि हुन्छ । अहिलेसम्म कति सुन
भेटियो ? जवाफमा मुस्कुराउँदै भन्छन,– ‘नुन तेल किन्ने पुगेको छ ।’
सुन भेटिए जिविकोपार्जन हुने नत्र नहुने गरेको उनीहरु बताउँछन् । ‘कसले धेरै सुन भेटाउँछन् होला भन्ने लागेको हुन सक्छ । त्यही केही हुँदैन बिहानदेखि साँझसम्म दुःख गर्दा हातमुख जोड्ने खर्च जुट्छ ।’– रामबहादुर
थारु बताउँछन् ।
बर्षे भेलले बगाएर ल्याएको बालुवामा सुन खोज्ने र भेटिएको सुन नेपालगन्ज सुन ब्यवसायीकहाँ गएर बिक्री गर्ने गर्दछन् उनीहरूले । ‘राप्ती नदीमा ठूलाेबा ढी आयो भने बालुवामा सुन चाल्नेहरू खुशी हुने गर्दछन ’ थारुले भने–
‘राप्तीमा ठूलो भेल आयो भने सुन बढी भेटिन्छ तर यो बर्ष खास्सै ठूलो बाढी आएन सुन पनि त्यति भेटिदैन् ।’ राप्ती नदीको अवस्था हेरेर उनीहरू सुन चाल्न राप्ती नदी झर्ने गर्दछन् ।
‘सानो नदी भयो भने भदौबाटै सुरू गरिन्छ नत्र असोजतिर जान्छौँ’ उनले भने–‘सुन चाल्ने काम माघ–फागुनसम्म गर्ने गर्दछौं, चैत–बैशाखमा गर्मी हुन्छ
त्यो बेला सकिदैन’ ।
बालुवा चालेर सुन निकाल्नका लागि काठबाट बनेको डुर, हेर्ने र सुन झिक्न प्रयोग गर्ने करौती, बाँसबाट बनेको टट्टी र बालुवा कोट्याउन दाबिलो चाहिन्छ ।
एकलाल बराबरको सुन निकाल्न कम्तिमा एकदेखि डेढ घण्टासम्म समय लाग्ने गर्दछ । ‘दुःख नगरी हुँदैन यो कामबाट महिनाको १५ हजार कमाउँछु’ रुपा भन्छिन्– ‘बालुवामा सुन खोज्दै दैनिकी चलेको छ ।’