तालिम र प्रशिक्षणबाट कर्मचारीलाई अब्बल बनाउँदै उपकार लघु बित्त


नेपालगन्ज १८ फागुन । उपकार लघुवित्त द्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा बाँके जिल्लामा अवस्थित खजुरा शाखाले संचालन गरेकाे केन्द्रका केन्द्र प्रमुख तथा सदस्य करिब २ सय जनाको सहभागितामा उनिहरुको सशक्तिकरण तथा वित्तीय चेतनाका लागि केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको हाे ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाको प्रमुख डम्बर बहादुर बिकले संस्थाले महिलालाई उद्यमी बनाउने कार्य गरिरेहको बताउदै गाउ गाउ बाट उत्पादनमा जोड दिनु पर्ने र कर्जाको सहि सदुपयोग गर्नु पर्ने बताउदै लघुवित्तले बिना धितो ७ लाख सम्म दिनु ग्राहकको लागि ठुलो कुरा भएको बताए ।

उपप्रमुख मन्जु मल्ले यस संस्थाले यस क्षेत्रका महिलाहरुको आर्थिक तथा समाजिक रुपान्तरणको लागि कार्य गरेको भन्दै प्रशंसा गर्नु भएको थियो ।

संस्थाबाट लिएको कर्जाको सहि सदुपयोग गरि आम्दानी बढाउनु पर्ने साथै अरुको प्रलोभनमा नपरि आफनो ब्यवसाय गर्नु पर्ने बताउनु भएकोे थियो । त्यसै गरि वार्ड न ३ का वडा अध्यक्ष पुर्ण बहादुर भण्डारीले कर्जा उत्पानशिल क्षेत्रमा लगानी गर्दा आर्थिक रुपमा सक्षम हुने भएकोले कर्जाको दुरुपयोग गर्न नहुने कर्जा लिएर तिर्न पर्दैन भनि भ्रममा नपर्न बताउद आफनो ब्यावसाय लाई ध्यान दिई उद्यमी महिला बन्नुस भन्ने सुझाव दिए ।

कार्यक्रममा संस्थाको अध्यक्ष श्री शान्ती देबि ढकालले यस संस्थाले शुरु देखिनै महिलालाई उद्यमी बनाउने गरि कार्य गरेको बताइन । कार्यक्रममा प्रमुख कार्यकारी प्रमुख सारदा कुमारी खत्रीले कर्जा आवश्यकता अनुसार लिनु पर्छ कर्जाको सहि सदुपयोग गर्न अनुरोध गर्दै हिजो तपाई हाम्रो आमाको बैंक सम्म पहुच नभएकै कारण लघुवित्त जन्मिएको बताउदै सानो सोनो बचतले तपाईलाई फाईदा हुने बताइन ।

कार्यक्रममा सदस्यको गुनासो सम्बन्धमा सदस्यहरु संग छलफल भएको थियो । कार्यक्रममा खजुरा शाखाका शाखा प्रमुख सुमित्रा खडकाले शाखाको प्रगति विवरण पेस गरेकाे संस्था कि तालिम बिभाग प्रमुख पार्वती पराजुलीले जानकारी दिइन ।

 

प्रकाशित मितिः     १८ फाल्गुन २०८०, शुक्रबार १७:४०  |