नेपालगन्ज ११ चैत । देशमा आर्थिक शिथिलता भइरहेका बेला त्यसको प्रत्यक्ष असर आयात निर्यातमा परेको छ र भंसार राजश्व संकलन घटेको छ । त्यसैमा सरकारले
दिएको हालसम्मकै उच्च लक्ष्य भेटाउन नेपालगन्ज भंसार कार्यालयलाई धौधौ परेको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ का लागि नेपालगन्ज भंसार कार्यालयलाई रु २८ अर्व ६६ करोड २५ लाख र भंसार राजश्व उठाउने लक्ष्य तोकिएको थियो । तर फागुन महिनासम्म जम्मा रु ११ अर्व ५९ करोड राजश्व उठेको छ । यो लक्ष्य नेपालगन्ज
भंसारका लागि हालसम्मकै धेरै हो । गत आर्थिक वर्षमा रु २५ अर्व २१ करोड लक्ष्य तोकिकोमा लक्ष्य भन्दा ३ अर्व कम अर्थात रु २२ अर्व ३१ करोड मात्रै राजश्व संकलन भएको थियो ।
नेपालगन्ज भंसार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले आर्थिक शिथिलताका कारण आयात निर्यातमा भएको तलमाथीले राजश्व संकलन प्रभावित भएको बताए । तर गत आर्थिक वर्ष भन्दा केही बढेको उनको भनाई छ ।
‘अहिलेको लक्ष्य भेटाउन समस्या भएकै हो तर गत वर्षसंग तुलना गर्ने हो भने केही आंकडा बढेकै छ ।’– उनले भने ।
सूचना अधिकारी लम्सालका अनुसार, चालु आवको फागुनसम्म रु १८ अर्व ७७ करोड राजश्व संकलन गर्ने लक्ष्य तोकिएको थियो तर उठ्यो रु ११ अर्व ५९ करोड । यो
लक्ष्यको ६१.७४ प्रतिशत हो । तर यही अवधिमा गत वर्ष लक्ष्यको ६०.१९ प्रतिशत मात्रै राजश्व संकलन भएको बताउँदै लम्साल भन्छन्,–‘एक/डेढ प्रतिशतले पनि भंसार
राजश्व संकलनमा फरक पर्छ । त्यसैले यो वर्ष सामान्य सुधार भएकै हो ।’
गतमा राजश्व असुलीमा योगदान गरेका सामाग्रीमा भएको आयातको कमीले राजश्व लक्ष्य अनुसार संकलन हुननसकेको हो । आयातको कमीले देशभरका भंसार जस्तै
नेपालगन्जमा पनि लक्ष्य भेट्न चुनौती भएको छ । राजश्व संकलनमा योगदान दिदै आएका चामल,सुपारी लगायतका केही बस्तुको आयात घटेका कारण राजश्व संकलन
प्रभावित भएको हो ।
यो भन्सारबाट खोटो रोजिन, जडीबुटी, प्लाष्टिक, दाल, चिनी, चोकर, भुस, प्लाष्टकि बोतल, वयिर पुराना कपडा तथा लुगाफाटा, प्लाष्टकि पाइप, मसला, अदुवा, सुठो र रद्दी कागज जस्ता समान भारतलगायत तेस्रो मुलुकमा निकासी हुने गरेको छ ।
आयातित वस्तुमा एमएस ब्लेट, डजिेल, पेट्रोल जपि, कार भ्यानलगायतका सवारी साधन पेट्रोलयिम पदार्थ, कोइला, पोलथिन दाना, तेल,मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसनिरी पाटर्स, खाद्यान्न, माछा, विद्युतीय सामग्री रहेको छ ।