नयाँ बर्षमा काेहलपुर-देउराली साईक्लिङ्ग प्रतियाेगिता हुँदै


काेहलपुर : नयाँ वर्ष २०८१ काे अवसर पारेर लुम्बिनी प्रदेश स्तरिय मेयर कप ‘काेहलपुर-देउराली अपहिल साईक्लिङ प्रतियाेगिता’ हुने भएको छ।

स्वर्गद्वारी साइक्लिङ क्लव काेहलपुरको आयोजनामा २०८१ बैशाख १ गते हुन लागेकाे प्रतियाेगिताकाे तयारी पूरा भएको अध्यक्ष जनक ओलीले बताए ।

लुम्बिनी प्रदेश स्तरिय प्रतियोगितामा रुपन्देही ,प्युठान ,दाङ लगाएत लुम्बिनी प्रदेशका विभित्र जिल्लाबाट खेलाडी सहभागी हुने हुनुका साथै नेपाल आर्मीका खेलाडी समेत सहभागी हुने क्लवका संरक्षक केशर आलेले जानकारी दिए ।

देउरालीमा अवस्थित देउराली मन्दिरलाई धार्मिक पर्यटन स्थलकाे रुपमा विकास गरी यस क्षेत्रकाे वातावरणकाे संरक्षण तथा संवर्धन तथा साइकल प्रयाेग प्रयाेग संकारकाे विकास गराउने उद्देश्यका साथ हुन लागेकाे साइक्लिङ कम्पाेटिसन काेहलपुर नगरपालिका गेटबाट सुरु भई रत्न राजमार्गमा रहेकाे देउराली मन्दिरसम्म पुग्नेछ।

महिला र पुरुष गरी दुई विधामा हुने प्रतियोगितामा प्रथम द्वितिय र तृतिय हुने खेलाडीलाई नगद र प्रमाणपत्र प्रदान गरिने छ संरक्षक आलेले जानकारी दिए ।

साइक्लिङ क्लवका अध्यक्ष ओलीका अनुसार विहान ७ बजे काेहलपुर नगरपालिकाबाट शुरु हुने प्रतियोगिता विहान ११ बजे देउरालीमा समापन हुनेछ।

साइक्लिङ कम्पाेटिसनका लागि काेहलपुर नगरपालिकाकाे मुख्य प्रायोजक रहेकाे छ भने गाेरखा युनाइटेड पब्लिक स्कुल र नागरिक पाेलिक्लिनिक काेहलपुरकाे सह-प्रायाेजक छन् ।

प्रकाशित मितिः     ३० चैत्र २०८०, शुक्रबार ०८:४५  |