बाँके । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा सीमा स्तम्भ बगेका छन् । नेपाल-भारत सीमा पर्ने राप्ती नदी वरपरका सीमा स्तम्भ बगेकाे हुन । यसरी सीमा स्तम्भ बगेकाे बिषय नयाँ नभई धेरै पुरानाे हाे ।
खासमा बाँकेमा नेपाल-भारत सीमा हुँदै राप्ती नदी बग्छ । सोही नदीक्षेत्रमा पर्ने १६ वटा सीमा स्तम्भ बर्षाै पहिले बाढीले बगाएका हुन । बाढीबाट सीमा स्तम्भ जाेगाउ दुबै देशलाई चुनौती छ । त्यसबाहेक बाँकेमा अन्य सीमा स्तम्भमा भने यथाअवस्थामा छन् ।
“हरेक बर्ष राप्ती नदिमा आउने बाढीले सीमा स्तम्भ भएको जमिन कटान गर्छ । अनि सीमा स्तम्भ बग्छन् । याे हरेक बर्षकाे समस्या हाे ।” नरैनापुर गाउँपालिका वडा नम्बर पाँचका अध्यक्ष कृष्णचन्द्र माैर्यले भने,-“खासमा याे हराएको वा कसले वरपर सारेकाे भन्दा पनि नदिमा आउने बाढिका कारण निम्तिएको समस्या हाे ।”
बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ बगेकाे हाे । अन्य सीमा स्तम्भ सुरक्षित र यथास्थानमा रहे पनि बिगत देखिनै राप्ती नदीक्षेत्रमा पर्ने स्तम्भ भने ठुलाे बाढि आउँदा बग्ने गरेका छन् । दुबै देशका लागि नदीनालाक्षेत्रका सीमा स्तम्भ जाेगाउ धाैधाै पर्ने गरेकाे छ । खासगरी बाढीका समयमा सीमा स्तम्भ बग्ने गरेका छन् । बाँकेमा अन्य क्षेत्रकाे सीमा स्तम्भमा कुनै प्रकारकाे समस्या नभए पनि स्तम्भ बग्ने समस्या भने पहिलेदेखिनै रहेकाे सुरक्षा स्रोतले बतायाे ।
बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा क्षेत्रमा ३२ मुख्य र दुई सय ७९ सहायक गरी तीन सय ११ सीमा स्तम्भ छन् । कुनै पनि सीमा स्तम्भको मर्मत र रंगरोगन गर्नका लागि नेपाल भारत दुवै देशको संयुक्त प्रतिनिधित्व चाहिन्छ । त्यस्ताे अवस्थाका कारण बाढीले बगाएका सीमा स्तम्भ बनाउन दुबै देशले सहकार्य गर्नुपर्छ ।
सीमा स्तम्भ नदीनालाले बगाएको वा ढलेको भए दुई देशको नापी विभागको संयुक्त टोली बिना केही गर्न नपाइने ब्यवस्था छ ।
दुई देशको संयुक्त निर्णयमा केही महिनाअघि सशस्त्र प्रहरीले ७१ सीमा स्तम्भ रङरोगन गरेको छ ।
सन् २०१४ यता बनेका एक सय ४० सीमा स्तम्भमध्ये नेपालले बिजोर नम्बर र भारतले जोर नम्बर भएका सीमा स्तम्भ रङरोगन गरेका छन् । दुई देशको संयुक्त टोलीले फाइनल गर्न बाँकी एक सय ७१ सीमा स्तम्भको मर्मत र रङरोगन हुन नसक्दा जीर्ण बनेका छन् । भारततर्फ भने २३ बिओपी रहेका छन् । नेपालतर्फ जानकी गाउँपालिकाको साइगाउँमा एउटा बिओपी थप्न माग गरिएको छ ।