रु ६२ कराेडकाे जडिबुटी निकासी


नेपालगन्ज । नेपालगन्ज नाका हुँदै चालू आवकाे चैत मसान्तसम्म रु ६२ कराेडकाे जडिबुटी निकासी भएको छ । आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको कठिनाइका बाबजुद यतिका जडिबुटी निकासी भएको व्यवसायीहरुले बताएका छन् ।

कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र बिदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । यहाँ हुँदै तेस्रो मुलकमा जडिबुटी निकासी हुँदै आएको छ । नेपालगन्ज भंसार कार्यालयका अनुसार चालू आव २०८०/८१ काे चैत मसान्तसम्म रु ६१ कराेड ९९ लाख मूल्य बराबरको १८ लाख किलाेग्राम विभिन्न जडिबुटी निकासी भएको हाे ।

नेपाली जडिबुटीप्रति भारतकाे कडा रबैया र नेपाल सरकारकै अस्पष्ट नीति कारण जडिबुटी निकासी हरेक वर्ष घट्दै गएको जडिबुटी व्यवसायमा संलग्न अगुवाहरुले बताएका छन् ।

नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माका अनुसार टिम्मुर, रिठ र काउलो सबैभन्दा बढि निकासी भइरहेको छ । शर्मा अनुसार, औषधी, साबुन, स्याम्मु जस्ता सामाग्री बनाउन प्रयोग गरिने यि जडिबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेश्रोमुलकमा पनि निर्यात भइरहेको छ ।

कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठ त्यहा“का खरिद गरी ब्यबसायीहरुले बिदेश निकासी गर्दै आएका छन् । तर निकासीका क्रममा जडिबुटी ब्यबसायीहरुले झण्झट ब्यहोर्नुपरेको अध्यक्ष शर्मा बताए ।

प्रकाशित मितिः     ७ बैशाख २०८१, शुक्रबार ०७:०७  |