कर्मशिल दृष्टबिहिन दम्पती


 

नेपालगन्ज । जिवनमा आइपरेका समस्यादेखि निरास हुनुभएको छ ?

यदि छ भने तपाईंको लागि नेपालगन्ज-२ मा बस्ने यी दृष्टिबिहिन दम्पतीका कथा ब्यथाले मनाेवल बढाउन पक्कै पनि मद्त गर्छ र जिवनमा जस्तोसुकै परिस्थितिकाे पनि सामाना गर्नुपर्छ भन्ने प्रेरणा दिन्छ ।

नेपालगन्ज-२ घरबारी टाेलका धनिराम काेरी र जगरानिले जिवनमा पाएको दुख भनिसाध्य छैन । जन्मदै आँखा नदेख्ने अवस्थाबाट जीवन गुजारे । तीन तिनवटा सन्तान जन्मिए तर काेहि पनि बचेनन् । सबैकाे सानैमा मृत्यु भयाे । भएको सानाे घर बेच्नुपर्याे ।

अनेक दुख कष्ट व्यहाेरेका उमेरले सत्तरी बर्ष कटेका यी बृद्बृद्धाले तर हरेस भने खाएनन् । जिविकाेपार्जनका लागि मकै पाेलेर बेच्ने काम गरिरहेका छन् । यसरी मकै बेच्न लागेकाे पचास बर्ष भइसक्याे । यसैबाट उनीहरुको चुलाे बल्छ,जीवन धानिएको छ । दृष्टिबिहिन छन्,उमेरले साथ दिदैन । त्यहि पनि ठेला गुडाउँदै चर्काे गर्मीमा मकै पाेलिरहेकाे अवस्थामा भेटिन्छन् यी दम्पती ।

कतिले याे देखेर मकैकाे मूल्य भन्दा धेरै पैसा दिने दानी पनि भेट्छन् यी दम्पतीले । तर जिवनमा अनेक दुख कष्ट सहेर भए पनि जिविकाेपार्जनका लागि ईलम गरिरहेका यी बृद्धबृद्धाले कसैका सामु हात फिजाएर माग्नु परेकाे छैन् ।

जिवनकालसम्म यसरी नै इलम गरिरहने उनिहरु बताउँछन् । तपाईं पनि जिवनमा हरेस नखानुस्,उहाँहरु जस्तै प्रतिकुल अवस्थामा पनि केही न केही गर्ने आँट देखाउनुस् ।

प्रकाशित मितिः     ९ बैशाख २०८१, आईतवार ०७:३२  |