दैनिक पर्छन् चेक बाउन्सकाे मुद्दा 


 

नेपालगन्ज । बाँकेमा आर्थिक अपराधका घटना बढ्दैछ । आर्थिक अपराधमा पनि बैकिङ कसुरका मुद्दा अधिक छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा बैंकिङ कसुरका मात्रै २०८ वटा मुद्दा परेका छन् । त्यस्तै ठगी सम्बन्धि १८ र जुवा सम्बन्धि  तीनवटा उजुरी परेका छन् ।
डिएसपी डाँगीले बैंकिङ कसुरलगायत आर्थिक अपराधका मुद्दाहरुको संख्या बढेको बताउँछन् । उनी भन्छन्, ‘लेनदेन मिलाउन अधिकतम प्रयास गर्दा पनि समाधानको उपाय नदेखेपछि पीडित उजुरी बोकेर आउँछन् ।
त्यसरी आउने पीडितले उठाएका विषयप्रति अत्यन्त संवेदनशील र गम्भीर भएर अनुुन्धान गरिरहेका छौं । न्यायको अनुभूति गरेर घर फर्किनु भएको छ ।’ डिएसपी डाँगीले बैंकिङ कसुरको मुद्दा बढ्नुमा पछिल्लो समय उत्पन्न आर्थिक संकटको चित्र देखाएको बताए ।
खजुरा गाउँपालिका–३ का रामबहादुर केसीले नेपालगन्जको एउटा व्यापारिक प्रतिष्ठानबाट सरिया, सिमेन्ट ल्याएर गाउँमा सप्लाई गर्थे । पाँच वर्षसम्म कारोबार राम्रै चलेको थियो । पछिल्लो एक वर्षमा सामान लगेकाले पैसा नदिएपछि उनले जुन ठाउँबाट सामान ल्याउथे त्यहाँ पैसा बुझाउन सकेनन् । विवाद बढ्दै जाँदा दश लाखको चेक दिएका केसीविरुद्ध त्यही चेकका आधारमा व्यवसायीले बैंकिङ कसुरमा उजुरी दर्ता गरेका छन् । उजुरी गर्ने व्यवसायी आफ्नो पैसा फसेकाले पाउनुपर्ने भन्दै हैरानीमा देखिन्छन्, जुन जायज छ ।
उता केसी पैसा आउने बाटो कतै नभएकाले तिर्नै नसक्ने अवस्था सिर्जना भएको भन्दै रोइकराई गरिरहन्छन् । प्रहरीमा यस्ता दृश्य देखिनु आजभोलि सामान्य भइसकेका छन् । आर्थिक संकटका कारण लेनदेन नमिलेका कयौं घटना त अझ प्रहरीसम्म पुग्न सकेका छैनन् । त्यो पनि जोड्ने हो भने आर्थिक अपराध भुसको आगोझैं घरघरमा फैलिसकेको मान्न सकिने प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसी डाँगी भन्छन्, ‘हाम्रो काम त उजुरीका सम्बन्धमा अनुसन्धान गर्ने हो । तर आर्थिक अपराधका मुद्दाका चाप जसरी बढिरहेका छन् त्यसको कारण खोजी जो कोहिले गर्न भने सक्छन् ।’ नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली आर्थिक संकटले आर्थिक अपराध बढाएको बताउँछन् । तर आर्थिक अपराध बढ्नुको कारण आर्थिक संकट मात्रै हो की होइन भनेर अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।
अपराधका मुद्दाका चाप जसरी बढिरहेका छन् त्यसको कारण खोजी जो कोहिले गर्न भने सक्छन् ।’ नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली आर्थिक संकटले आर्थिक अपराध बढाएको बताउँछन् । तर आर्थिक अपराध बढ्नुको कारण आर्थिक संकट मात्रै हो की होइन भनेर अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।
ओली भन्छन्, ‘आर्थिक गतिविधिमा जसरी समस्या पैदा भयो त्यसले सर्वसाधारणदेखि ठूल्ठूला व्यापारीसम्मलाई निरासा बनाएको छ । कयौं घटनाहरु प्रहरीसम्म नपुगेका पनिहो लान् । आर्थिक संकटले समस्या निम्त्याएको छ तर सबै समस्याको कारण आर्थिक संकट मात्रै हो की होइन गम्भीरतापूर्वक हेर्नुपर्छ ।’ आर्थिक संकटले निम्त्याएका ‘साइड इफेक्ट’ रोक्न सरकारले स्पष्ट नीति ल्याउनुपर्ने ओलीको सुझाव छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा ठगीसम्बन्धी ३८ वटा उजुरी परेका थिए । जबकी आर्थिक वर्ष २०७८/०७९ मा यस्ता उजुरी २४ वटा र २०७७/०७८ मा जम्मा १६ वटा उजुरी परेका थिए । डिएसपी डाँगीका अनुसार समग्रमा आर्थिक वर्ष २०७९/०८० मा आर्थिक अपराधसम्बन्धी ३८ वटा उजुरी परेका थिए ।
आर्थिक वर्ष २०७९/८० मा ठगीसम्बन्धी तीन सय ५१ वटा उजुरी परेका थिए । जबकी आर्थिक वर्ष २०७८/०७९ मा यस्ता उजुरी एक सय १० वटा र २०७७/०७८ मा जम्मा ३८ वटा उजुरी परेका थिए ।
प्रकाशित मितिः     ९ बैशाख २०८१, आईतवार ११:३५  |