दिनदिनै घट्छन् साइबर अपराधका घटना


 

नेपालगन्ज १२ बैशाख । पछिल्लो नौं महिनामा बाँकेमा साइबर अपराधसंग जोडिएका ९८ उजुरी प्रहरी निकायमा परेका छन् । साइबर अपराधसंग जोडिएका
धेरै घटनाहरुका उजुरी नै पर्दैनन् । यदि उजुरी पर्ने हो भने जिल्लामा हुने साइबर अपराधको तथ्यांक धेरै हुन्थ्यो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक नारायाण डाँगीका अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म साइबर अपराध
सम्बन्धी ९८ वटा उजुरी परेका छन् । ती मध्ये सामाजिक संजाल प्रयोग गरी
आर्थिक लाभ लिने सम्बन्धी १८ र र बाँकी सामाजिक संजाल प्रयोग गरी चरित्र हत्या गरेका रहेका छन् ।

‘साईबर अपराधका घटनाको रितपूर्वक निवेदन आएको अवस्थामा गम्भीरतापूर्वक अनुसन्धान हुने गरेको छ । साईबर अपराधका अनेकरुपहरु देखा परेका छन् ।’–
डाँगीले भने,–‘सामाजिक संजालको प्रयोग गरेर आर्थिक लगायतका अपराधिक घटना घटाउनेदेखि अरुको चरित्र हत्या गर्नेसम्मको काम भएका छन् ।’

जिल्ला प्रहरी कार्यालय बाँकेले उजुरीको प्रकृती हेरेर साइबर अपराधका उजुरीको छानविनका लागि प्रहरीको केन्द्रीय साइबर ब्यूरोधमा सिफारिस गर्दै आएको छ । चालु आवमा त्यस्ता ७८ वटा उजुरी सिफारिस गरिएको छ ।

 

अनलाइन ठगी, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेभसाइट ह्याकिङलगायतका अपराधका
विभिन्न स्वरुपमध्ये पछिल्लो समय ब्यूरोमा आर्थिक ठगीका निवेदन बढी आएको प्रहरीमा पर्ने गरेका छन् ।

 

साइबर अपराधका प्रवृत्तिमा विभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको मुहार जोडी अनलाइन प्रविधि राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित
गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली
बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य सङ्घ संस्थाको वेभसाइट ह्याकिङ गर्ने, अनलाइन ठगी गर्नेजस्ता गतिविधि पर्दछन् ।

 

प्रकाशित मितिः     १२ बैशाख २०८१, बुधबार ०८:५४  |